Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज ०५ गते, बिहान ९:१८ बजे
इलाम - ILM

इलाममा वडा कार्यालयका लागि तीन रोपनी जग्गादान

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ५, इलाम। इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका समाजसेवीले वडा कार्यालय स्थापनाका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । 

स्थानीय समाजसेवी टंकमाया बोहोरा र सरस्वती बोहोराले डेढ÷डेढ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । 

वडाध्यक्ष टेकवीर लिम्बूको विशेष पहलमा करिब रु पाँच लाख पर्ने तीन रोपनी जग्गा वडा कार्यालयको नाममा पास भइसकेको छ । प्राप्त जग्गामा आगामी कात्तिक महिनादेखि भवन निर्माण प्रक्रिया अघि बढाइने वडाध्यक्ष लिम्बूले बताउनुभयो ।   रासस