2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

ढाकाको तानमा भविष्य खोज्दै महिला

गोपालप्रसाद पोखरेल। असोज ५, मोरङ। मोरङको उर्लाबारी–४ की निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि निरुजस्ता थुप्रै उद्यमशील महिलाले काममात्र पाएका छैनन् ढाका कपडा, जहाँ जुन भूगोलमा बुनेपनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ । 

गत मंसिरमा उद्योग दर्ता गर्नुभएकी चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहनुभएको छ । पाँचवटा तानमा दैनिक पाँचजना उद्यमशील महिलाले काम गरिरहनुभएको छ । त्यसैगरी, निरुले आफ्नै उत्पादनबाट तयार भएका सिलाइका सामग्रीको बिक्री कक्ष सञ्चालनमा ल्याउनुभएको छ । 

बिक्री कक्षमा साडी, चौबन्दी चोलो, रुमाल, कुर्ता सलबार, झोला र थैली राखिएका छन् । 

यसैगरी, धनकुटा बुधबारेकी २४ वर्षीया रेखा लिम्बू स्नातक तेस्रो वर्षको परीक्षा दिइसकेपछि अहिले ढाकाको तानमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पढ्ने सबैले जागिर पाउँदैनन्, प्रमाणपत्र सिरानीमुनि थन्किएको छ । पाएको जागिरबाट सबैलाई सन्तुष्टि कहाँ मिल्छ र ? 

रेखाको जीवनमा पनि जागिर नपाएको तीतो अनुभव छ । त्यसैले उहाँ आफ्नो सीपलाई पैसामा बेच्न बाध्य हुनुहुन्छ । हुन त नेपाली बजारमा तेह्रथुमे ढाका कपडाको एकछत्र राज छ । जहाँ जुन भूगोलमा बुनेपनि त्यस उत्पादनको नाम तेह्रथुमे ढाका नभने बिक्री नहुने समस्या अझै पनि छ । 

रु चारलाख लगानीबाट शुरु गर्नुभएको उद्योगबाट हाल मासिक रु एक लाखको कारोबार भइरहेको सञ्चालिका निरु चौहानले बताउनुभयो । 

विसं २०५५ मा झापा हस्तकला प्रशिक्षण केन्द्रबाट सीप सिक्नुभएकी निरु अहिले उत्साहित हुनुहुन्छ । उद्योग दर्ता गरेर काम थालेको छ महिनासम्म ठूलै संघर्ष गर्नुप¥यो । कसैले नक्कली भनेर निरुत्साहित गरे, कसैले आधुनिक जमानामा ढाकाका कपडा कसले किन्छ ? भनेर खिल्ली उडाए । आफूसँग भएको सीपसँग उहाँ पूरै विश्वस्त हुनुहुन्थ्यो । 

नेपाली धागो उद्योगले उत्पादन गरेको सुती धागो प्रयोग गरेर निरुले ढाकाको तान लगाउनुहुन्छ र नेपाली उत्पादनकै धागोले बुन्नुहुन्छ । 

हाल चौहानले उत्पादन गरेको ढाकाको माग उच्च छ । उहाँ भन्नुहुन्छ, “खासगरी साडी र सर्टका कपडा युरोप अमेरिकासम्म जान थालेका छन् । साडीको माग थेग्न सकेको छैन । 

विभिन्न गैरसरकारी संस्थाले उर्लाबारी क्षेत्रमा पनि बारम्बार ढाका बुन्ने तालीम सञ्चालन गरेपनि दक्ष जनशक्ति उत्पादन नहुँदा उर्लाबारीकै उद्योगहरू धरासायी बनेका छन् । 

उहाँ भन्नुहुन्छ, “ढाका कपडा टिकाउमात्र हैन बिकाउ पनि हुने गरेकाले देशैभरबाट माग आउँछ । तर, जनशक्ति छैन ।” निरुसँगै सीप सिकेर स्वावलम्बी बन्दै गएकी देवका बाँस्कोटा ढाकाको माग उच्च भएपनि स्वदेशी उत्पादन र पहिचानप्रति युवापुस्ताको ध्यान जान सके ढाकाको माग फस्टाउने बताउनुहुन्छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई