२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

तलेजुलाई दसैँघर भित्र्याएर भक्तपुरमा दसैँ सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा

२०८२, ६ आश्विन सोमबार १३:५९

काठमाडौँ | भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याएर दसैँ भित्र्याएको छ । तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने परम्परा छ । जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा छ ।

त्यसैगरी घरघरमा जमरा नराख्नेहरूका लागि भन्दै मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीवासीका लागि आज सामूहिक जमरा राखिएको छ । सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा स्थानीयवासीका लागि घटस्थापना गरी सामूहिक जमरा राखिएको सङ्गमेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिनुभयो ।

उहाँले घरघरमा जमरा नराख्नेहरूका लागि मन्दिर व्यवस्थापन समितिले जमरा राखिदिएको बताउँदै उहीँबाटै विजयादशमीको दिन घरघरमा जमरा लगेर शुभसाइतमा टीका ग्रहण गर्ने गरेको जानकारी दिनुभयो । यो परम्पराले घरघरमा जमरा नराख्नेहरूका लागि निकै सहज व्यवस्थापन भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला