१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

तलेजुलाई दसैँघर भित्र्याएर भक्तपुरमा दसैँ सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा

६ आश्विन २०८२, सोमबार १३:५९

काठमाडौँ | भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याएर दसैँ भित्र्याएको छ । तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने परम्परा छ । जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा छ ।

त्यसैगरी घरघरमा जमरा नराख्नेहरूका लागि भन्दै मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीवासीका लागि आज सामूहिक जमरा राखिएको छ । सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा स्थानीयवासीका लागि घटस्थापना गरी सामूहिक जमरा राखिएको सङ्गमेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिनुभयो ।

उहाँले घरघरमा जमरा नराख्नेहरूका लागि मन्दिर व्यवस्थापन समितिले जमरा राखिदिएको बताउँदै उहीँबाटै विजयादशमीको दिन घरघरमा जमरा लगेर शुभसाइतमा टीका ग्रहण गर्ने गरेको जानकारी दिनुभयो । यो परम्पराले घरघरमा जमरा नराख्नेहरूका लागि निकै सहज व्यवस्थापन भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव