2026-09-22 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौँ | मुग्लिन–नारायणगढ सडक खण्ड तुइन खोलानजिक पटक–पटक पहिरो खसेपछि पन्छाउने काम गरिएको छ। पहिरो हटाइएपछि मंगलबार बिहान १०ः५० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।

हाल पनि ढुंगा झर्ने क्रम जारी भएकाले सडकलाई दुईतर्फी रूपमा सञ्चालन गर्न नसकिएको र सावधानीपूर्वक गाडी चलाउन आग्रह गरिएको छ। डिभिजनको सूचनामा भनिएको छ, “मिति भदौ ७ गते मुग्लिन–नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि सडक एकतर्फी सञ्चालनमा आएको बेहोरा जानकारी गरिन्छ। दुईतर्फी आवागमन खुलाउन प्रयास जारी छ। कृपया लेन अनुशासनको पालना गर्नुहोला।”

यसैबीच, मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिक पनि पहिरो खसेकाले सडक दुवैतर्फ अवरुद्ध बनेको छ। वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा गर्न सडक डिभिजनले सवारी चालकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने