2026-10-04 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेनीमा कपडा बैङ्क सञ्चालन

काठमाडौँ | म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैङ्क स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब विपन्नलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैङ्क स्थापना गरिएको हो ।

बैङ्कबाट गरिब तथा अतिविपन्न परिवार, प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएकालाई दसैँ, तिहारलगायत चाडपर्वको समयमा कपडा उपलब्ध गराउने बेनी नगरपालिका–७ का वडा सदस्य विश्वास श्रेष्ठले बताउनुभयो ।

लायन्स र लियो क्लब अफ बेनी लभ्लिहिलका प्रतिनिधिहरुले सोमबार बेनीमा घरदैलो गरेर बैङ्कका लागि आवश्यक पर्ने कपडा सङ्कलन गरेर वडा कार्यालयलाई उपलब्ध गराएका छन् । पहिलो दिन दुईवटा बोलेरो गाडीमा अटाउने कपडा सङ्कलन भएको लायन्स क्लब अफ बेनी लभ्लिहिलका अध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो ।

“घरदैलोका क्रममा बजारवासीहरुले प्रयोगमा नभएका लगाउन योग्य तथा फेन्सी व्यवसायीहरुले नयाँ कपडा पनि उपलब्ध गराउनुभएको छ,” उहाँले भन्नुभयो, “चाडपर्वको समयमा गरिब विपन्नलाई न्यास्रो नहोस् भनेर थप कपडा जुटाएर एक÷दुई दिनमा वितरण गर्छौं ।”

आवश्यक पर्नेले वडा कार्यालयमा आएर आफूखुसी रोजेर लुगा लैजान पाउनेछन् । वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, अशक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा बजारवासीले उपलब्ध गराएका छन् । जाडो मौसम नजिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्य पनि कपडा बैङ्क स्थापना गर्नु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर