२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा गलत औषधिले मृत्यु भएको पीडितको दाबी

२०७४, ६ आश्विन शुक्रबार ०५:४२

असोज ६, झापा। छाती दुखेर औषधि गर्न आएका एक बिरामीको यहाँस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । 

एड्भान्स हेल्थ केयर सेन्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरुका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अस्पतालविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मृतक मगर बस काउन्टर, दमकका कर्मचारी हुन् । 

औषधि गर्न अस्पताल गएका मगरको अस्पतालका स्वास्थ्यकर्मीले औषधि दिएको केहीबेरमा मृत्यु भएको पीडित परिवारले जनाएका छन् । 

चिकित्सकका कारणले नै बिरामीको मृत्यु भएको उजुुरी दिँदै पीडितका आफन्त प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका कारण दिनभरि अस्पतालका सबै सेवा प्रभावित बन्न पुगेको थियो । मगरका आफन्त तथा परिवारले अस्पतालका कारण बिरामीको अकालमै मृत्यु भएको पीडितको उजुरीमा उल्लेख छ । 

मृतकका भाइ–बुहारी मञ्जु राईले अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गरेकाले बिरामीको ज्यान गएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई न्याय दिनुपर्छ, गल्ती गर्नेलाई कारबाही हुनुपर्छ ।” 

एड्भान्स रिसर्च सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष सुवेदीले अस्पतालका स्वास्थ्यकर्मीका कारण बिरामीको मृत्यु नभएको दाबी गर्नुहुन्छ । बिरामीलाई औषधि दिएका कारण त्यस्तो भएको होइन, मुटुको समस्याले बिरामीको मृत्यु भएको उहाँको भनाइ छ । 

मगरको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ । 

यसैबीच, बिरामीको मृत्यु प्रकरणमा अस्पतालबाट गल्ती भएको भेटिए कानूनअनुसार कारबाही गर्ने र क्षतिपूर्ति दिने सहमति भएको छ । सहमति भएअनुसार पीडितलाई राहत दिलाउन दुई छोरीको उच्च शिक्षासम्म अध्ययनका लागि सहयोग गर्ने तथा मृतकको स्मृतिमा ट्रष्ट खोल्ने सहमति भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा