2026-10-04 09:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

काठमाडौँ | यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो ।

केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो । यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उहाँले बताउनुभयो । यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड रहेको छ ।

जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य रु ३५ हजार, भेडाको रु २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ ।

यहाँबाट जिल्ला बाहिर निकासी गरिएका भेडाच्याङ्ग्रा अझै बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ । विज्ञ केन्द्रले पशु निरोगिताको परीक्षण गर्दा च्याङ्ग्रा धनीले एकीन सङ्ख्या नबताउने भएकाले यो सङ्ख्या बढी हुनसक्ने उनीहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर