२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आपूर्ति राज्यमन्त्रीद्वारा कंचनपुरमा बजार अनुगमन

२०७४, ६ आश्विन शुक्रबार ०८:३२

असोज ६, कंचनपुर। आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ । 

उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो । 

बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन आग्रह गर्दा नभेटृाएपछि आज विहान १० बजेसम्म आवश्यक कागजात देखाउन आग्रह गर्नुभएको छ । 

त्यसैगरी, मासु पसल अनुगमन गर्दै उहाँले सरसफाइमा ध्यान दिन सुझाउँदै व्यवसायको बारेमा व्यापारीसित कुराकानीसमेत गर्नुभएको थियो । 

मन्त्री नै बजार अनुगमनमा निस्केको खबर पाएपछि तरकारी बजारका मासु पसलेहरु भने सहज हुँदै मन्त्री पुग्नुअघि नै सरसफाइमा व्यस्त देखिन्थे । 

“यसरी नै सधैँ सफा राख्नुहुन्छ कि आज मात्रै हो ?”, मासु पसलेलाई प्रश्न गर्दै राज्यमन्त्री विकले भन्नुभयो । त्यसैगरी, उहाँले बुधबार कैलालीको धनगढी बजार पनि अनुगमन गर्नुभएको थियो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस