१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा मलद्वार नभएका बालकलाई आमाबुबाले छाडेर भागेपछि …

६ आश्विन २०७४, शुक्रबार १०:५८

असोज ६, कञ्चनपुर। मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ । 

नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर बेपत्ता भएपछि आमा सपनाले पनि नरेन्द्रलाई जन्मेको २२ दिनमै ओछ्यानमै सुतेको अवस्थामा छाडी परपुरुषसँग भागेपछि हजुरआमा बुबाको जिम्मामा उनी छन् । नरेन्द्र हाल १० महिनाका भए तर उनको जन्मदादेखि नै मलद्वार नहुँदा बायाँ पेट चिरेर वैकल्पिक मलद्वार बनाइएको छ । 

गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मेको २४ घण्टापछि मात्रै उनको मलद्वार बन्द भएको परिवारजनले थाहा पाएका थिए । 

बान्ता गर्न थालेपछि उनलाई भारतीय सहरको अस्पतालमा लगेर जाँच गर्दा मलद्वार नभएको थाहा पाएको बाजे मोहनलाल सुनारले बताउनुभयो । मलद्वार नहँुदा उपचार गराउनका लागि नरेन्द्रका बाजेबज्यैले भएको जायजेथा बेचेर रु दुई लाख बढी खर्च गरिसकेका छन् । 

अझै भारतको बरेलीस्थित एक अस्पतालले तीन लाख भारतीय रुपैयाँ खर्च आउने भनेपछि खर्च जुटाउन नसक्दा अप्ठेरोमा परेको छु मोहनले भन्नुभयो “नरेन्द्रलाई बचाउन भएभरको जग्गाजमिन पनि गयो । अब कसरी औषधि गर्ने हो भन्ने चिन्ताले सताएको छ ।” आर्थिक अवस्था निकै नाजुक भएकाले सहयोगी हातको खोजीमा रहेको उहाँले बताउनुभयो । 

बालकको भविष्यलाई लिएर उनका बाजेबाज्यै चिन्तित भएका छन् । महाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले समेत बालकको शल्यक्रियाका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह