2026-10-04 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा ‘कथिन चीवर दान’ उत्सव सम्पन्न

काठमाडौँ | यहाँको तानसेनमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ । दाता ज्ञानमाला सङ्घ आनन्द विहारको आयोजनामा वर्षाबासमा बसेका एक जना भिक्षुसहित देशका विभिन्न स्थानबाट आएका ६० जना भिक्षुलाई कथिन चीवर दान गरी उत्सव मनाइएको हो ।

प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमा तीन महिना भिक्षुहरू वर्षाबास बस्ने परम्परा छ । यसरी वर्षाबास बसेका भिक्षुहरूका लागि कथिन चीवर दान गर्ने गरिन्छ । तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा कथिन दान उत्सवमा मनाइएको हो ।

तानसेनस्थित ज्ञानमाला सङ्घ आनन्द विहारमा बर्खाबास बसेका भिक्षु अनिरुद्रसहित अन्य भिक्षुहरूलाई बौद्ध परम्पराअनुसार चीवर दान, अष्ट परिस्कार दान गरिएको थियो । भिक्षुले लगाउने पहेँलो वस्त्र (चीवर) र भिक्षापात्रलाई चीवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।

महोत्सवमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासङ्घका पूर्वअध्यक्ष मैत्री महास्थवीरबाट दीप प्रज्वलनसँगै शिल प्रार्थना, भिक्षु धर्मपालबाट बुद्ध पूजा, भिक्षु गौदन्य महास्थवीरले धर्मदेशना गर्नुभएको थियो । धर्मदेशना गर्दै महास्थवीरले गौतम बुद्धको उपदेश र उहाँले अनुमति दिएको ‘कठिन चीवर दान’का विषयमा जानकारी गराउनुभएको थियो ।

पूर्वअध्यक्ष महास्थवीले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने, नागरिकमा दान, शिल र भावनाको विकास हुने जानकारी दिनुभयो । उहाँले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षाबासमा बसेका भिक्षुलाई लगाउने वस्त्रसहितका सामग्री दिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका संयोजक एवं आनन्द विहारका पूर्वअध्यक्ष उत्पलकुमार बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कथिन चीवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोहीअनुसार चीवर दान गरिएको बताउनुभयो । उहाँले विगतमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।

विहारका अध्यक्ष सञ्जयराज शाक्यले वर्षाबास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए/गरेका त्रुटि तथा कमीकमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षाबास बस्ने गरिएको बताउनुभयो । उहाँका अनुसार असार पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना भिक्षुहरू वर्षाबास बस्नुभएको हो ।

विहारका अध्यक्ष शाक्यका अनुसार लुम्बिनी, बुटवल, भैरहवा, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुहरू वर्षाबासका लागि तानसेन आएका हुन् । दान गर्नुअघि भीमसेन टोलमा रहेको विहारबाट झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो । उक्त पदयात्रा टुँडिखेल, तेस्रो सडक, शीतलपाटी, टक्सारटोल, नारायणस्थान हुँदै टुँडिखेलमा पुगेर महोत्सवमा परिणत भएको भिक्षु प्रियदर्शी महास्थवीरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर