2026-11-01 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा ‘कथिन चीवर दान’ उत्सव सम्पन्न

काठमाडौँ | यहाँको तानसेनमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ । दाता ज्ञानमाला सङ्घ आनन्द विहारको आयोजनामा वर्षाबासमा बसेका एक जना भिक्षुसहित देशका विभिन्न स्थानबाट आएका ६० जना भिक्षुलाई कथिन चीवर दान गरी उत्सव मनाइएको हो ।

प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमा तीन महिना भिक्षुहरू वर्षाबास बस्ने परम्परा छ । यसरी वर्षाबास बसेका भिक्षुहरूका लागि कथिन चीवर दान गर्ने गरिन्छ । तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा कथिन दान उत्सवमा मनाइएको हो ।

तानसेनस्थित ज्ञानमाला सङ्घ आनन्द विहारमा बर्खाबास बसेका भिक्षु अनिरुद्रसहित अन्य भिक्षुहरूलाई बौद्ध परम्पराअनुसार चीवर दान, अष्ट परिस्कार दान गरिएको थियो । भिक्षुले लगाउने पहेँलो वस्त्र (चीवर) र भिक्षापात्रलाई चीवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।

महोत्सवमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासङ्घका पूर्वअध्यक्ष मैत्री महास्थवीरबाट दीप प्रज्वलनसँगै शिल प्रार्थना, भिक्षु धर्मपालबाट बुद्ध पूजा, भिक्षु गौदन्य महास्थवीरले धर्मदेशना गर्नुभएको थियो । धर्मदेशना गर्दै महास्थवीरले गौतम बुद्धको उपदेश र उहाँले अनुमति दिएको ‘कठिन चीवर दान’का विषयमा जानकारी गराउनुभएको थियो ।

पूर्वअध्यक्ष महास्थवीले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने, नागरिकमा दान, शिल र भावनाको विकास हुने जानकारी दिनुभयो । उहाँले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षाबासमा बसेका भिक्षुलाई लगाउने वस्त्रसहितका सामग्री दिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका संयोजक एवं आनन्द विहारका पूर्वअध्यक्ष उत्पलकुमार बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कथिन चीवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोहीअनुसार चीवर दान गरिएको बताउनुभयो । उहाँले विगतमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।

विहारका अध्यक्ष सञ्जयराज शाक्यले वर्षाबास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए/गरेका त्रुटि तथा कमीकमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षाबास बस्ने गरिएको बताउनुभयो । उहाँका अनुसार असार पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना भिक्षुहरू वर्षाबास बस्नुभएको हो ।

विहारका अध्यक्ष शाक्यका अनुसार लुम्बिनी, बुटवल, भैरहवा, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुहरू वर्षाबासका लागि तानसेन आएका हुन् । दान गर्नुअघि भीमसेन टोलमा रहेको विहारबाट झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो । उक्त पदयात्रा टुँडिखेल, तेस्रो सडक, शीतलपाटी, टक्सारटोल, नारायणस्थान हुँदै टुँडिखेलमा पुगेर महोत्सवमा परिणत भएको भिक्षु प्रियदर्शी महास्थवीरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द