Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिडियोले पनि प्लाष्टिककै कपमा खुवाए

By साझासवाल 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

पूर्णप्रसाद न्याैपाने,असाेज ७,अाेखलढुंगा । ओखलढुंगामा प्लाष्टिकको कप प्रयोगकर्ताहरु बढेका छन् । चिया र तातोपानी पिउनका लागि बजारमा सस्तोमा पाईने सेतो प्लाष्टिकका कप प्रयोग गर्नेहरु बढेका हुन् । जिल्लाका विभिन्न स्थानमा हुने औपचारिक कार्यक्रम र विवाह,ब्रतबन्द सहितका समारोहमा पनि स्थानीयले प्लाष्टिकको कप नै प्रयोग गर्न थालेका छन् ।

सिडियोले पनि प्लाष्टिककै कपमा खुवाए चिया

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रशासन सुधार सम्बन्धि एउटा कार्यक्रम थियो । सिडियोको अध्यक्षता र सिद्धिचरणका मेयरको प्रमुख आतिथ्यतामा भएको प्रहरी टोलटोलमा भन्ने अभियानको शुभारम्भ कार्यक्रममा झण्डै ५० जना सहभागी थिए । त्यहाँ सरकारी र गैरसरकारी निकायमा आवद्ध व्यक्ति मात्रै थिएनन् दलका नेता,पत्रकार र विद्यार्थी पनि थिए ।

कार्यक्रम सुरु हुँदा बिहानको ८ बजेको थियो । जिल्ला प्रहरी प्रमुख अर्जुन तिमिल्सीनाले अभियानबारे जानकारी दिँदैगर्दा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले एक जना कर्मचारीलाई बोलाए र चिया ल्याउन भने । त्यसको केहीबेरमा चिया ल्याईयो तर अधिकांशले चिया पिएनन् । नपिउनुको कारण थियो प्लाष्टिकको कप ।

अझ केही सहभागीले सिडियोले नै मानव स्वास्थ्यमा ध्यान नदिएको भन्ने गुनासो गरे । ढोकाको छेवैमा बसेका एकजना सहभागीले भने ‘ठुला मान्छेलाई सानु कुराको ख्लाल हुन्न भन्थे हो रहेछ,सिडियो साबलाई प्लाष्टिकको कपमा तातो  खानुहुन्न भन्ने थाह रहेनछ ।’ उनले त्यसो भनिरहँदा नजिकै रहेका अन्य सहभागीले नियमनकारी निकायका प्रमुखहरुले नै ध्यान नदिएका कारण यसको प्रयोग बढ्दै गएको समेत भन्न भ्याए ।

यो त एउटा उदाहरण मात्रै हो । जिल्लामा हुने सबैजसो कार्यक्रममा चिया दिने चलन छ । र सबैजसो कार्यक्रममा प्लाष्टिककै कपको प्रयोग गरिन्छ ।

होटल व्यवसायी भन्छन् ‘माझ्नु नपर्ने भएकाले प्लाष्टिकको कप सजिलो’

जिल्लाका होटल व्यवसायीहरुले कार्यक्रमहरुमा चिया दिँदा प्लाष्टिकको कपमा चिया दिने गरेका छन् । एक पटक प्रयोग गरिसकेपछि पुनःप्रयोगमा नआउने प्लाष्टिकको कप जुटाउनु र माझ्नु नपर्ने भएकाले यसको प्रयोग गर्ने गरिएको व्यवसायी बताउँछन् । तर व्यवसायीहरुले होटलमै आएर चिया पिउनेलाई भने स्टिल र सिसाकै कपमा चिया दिन्छन् । ‘आयोजकले ख्याल गर्दैैनन् हुलमुलमा खानेले खाई हाल्छन् नखानेले खाँदैनन् माझ्नु नपर्ने भएकाले प्लाष्टिकको कपमा दिन्छौें’ एक व्यवसायीले भने ‘तर होटलमा होईन धेरै मान्छे भए ठाउँमा कार्यक्रमहरुमा मात्रै हो त्यस्तो ।’ यस अघिका स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारीले भने यस्तो कपमा चिया लगाएतको तातो पिय पदार्थ नदिन व्यवसायीहरुलाई सचेत गराएका थिए । तर त्यो अवस्थामा अझै सुधार आउन सकेको छैन ।

प्लास्टिकजन्य भाँडाकुँडा मानव स्वास्थ्यका दृष्टिकोणले खतरनाक

सस्तो तथा सहज उपलब्ध हुनाले पनि हरेक नेपालीको भान्सामा प्लास्टिकका भाँडाले स्थान पाइरहेको छ । तर प्लास्टिकजन्य भाँडाकुँडा मानव स्वास्थ्यका दृष्टिकोणले खतरनाक बन्दै गएको छ । प्लास्टिकको झोला, प्लास्टिकका भाँडा आदिमा हुने रसायनिक तत्वले मानव स्वास्थ्यमा गम्भीर खतरा बढिरहेको डा. चिकित्सकहरु बताउँछन् ।

आजभोलि खाने, पिउने अधिकांश भाँडाकुँडा प्लास्टिककै प्रयोग हुने गरेको छ । त्यसैले प्लास्टिककै कपमा चिया र प्लास्टिककै भाँडामा खाना खाने पानि पिउने  चलन छ । खाना मात्र नभई अधिकांश मिठाई पनि प्लास्टिकका डिब्बामै दिने चलन छ । तर, यो मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको चिकित्सकहरुको भनाई छ ।

प्लास्टिकको कपमा चिया पिउने र प्लास्टिकको भाँडामा खानेकुरा वा कुनै पनि तातो पदार्थ खाँदा बीपीए (बिसफिनल ए) नामको रसायनिक तत्व निस्कने गर्दछ । जसले पुरुषलाई नपुंसक बनाउने गर्दछ । यसले दिमागमा पनि प्रभाव पार्दछ । जसले गर्दा हृदयघातको खतरासमेत बढ्छ । क्यान्सर विशेषज्ञ अनुसार प्लास्टिक जब तातो पदार्थको सम्पर्कमा आउँछ तब बिस फिनाल ए (बीपीए) का पग्लन थाल्छ । त्यसको सेवनबाट लिभर क्यान्सरजस्ता घातक रोग उत्पन्न हुने गर्दछ ।

यसका साथै पेटको अधिकांश समस्याको करण पनि प्लास्टिकका भाँडाकुँडा भएको चिकित्सकहरु बताउछन् ।अझ प्लास्टिकको गिलाशमा चिया पिउनु त मन्द खतरानक बिष नै पिए जस्तो हो  ।  प्लास्टिकमा अत्यधिक मात्रामा औद्योगिक रसायन बिसफिनल ए, थाइलाइडस, अक्सिडिन र पोलिकार्बन पाइन्छ, जुन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । अहिलेका २० लिटर जाने पानीका जार यिनै पोलिकार्बोनेटेड केमिकलले बनेका छन्, जहाँ तातो वा चिसो पानी राखियो र खाइयो भने त्यो ज्यादै खतरनाक बन्न सक्छ ।

विभिन्न अनलाईनमा प्रकाशित चिकित्सकहरुको अन्तरवार्ता अनुुसार जब यस्ता प्लास्टिकजन्य भाँडाहरूमा कुनै न कुनै तरिकाबाट खानेकुरा राख्न प्रयोग गरिन्छ, तब यस्ता प्लास्टिकबाट यी रसायन खानामा पुग्छन् र यसले मानव स्वास्थ्यलाई गम्भीर हानि गर्छ । यसले शरीरमा एलर्जी हुनेदेखि जन्मने बच्चामा शारीरिक तथा मानसिक समस्या देखिनसक्छ । त्यसैले सकेसम्म प्लास्टिकको प्रयोग नगर्न र गरे पनि ज्यादै कमै प्रयोग गर्न विशेषज्ञहरुको सुझाब छ ।