2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा अधिकार सम्पन्न जिससको माग

असोज ८, झापा।संवैधानिक अधिकारसहितको जिल्ला समन्वय समिति सञ्चालन गर्नका लागि स्रोत, साधन सम्पन्न बनाउन माग गरिएको छ ।

जिल्ला समन्वय समिति प्रदेश नं १का प्रमुखको बैठकले यस्तो माग गरेको हो । 

शनिबार धनकुटाको भेडेटारमा बसेको बैठकले १० बुँदे घोषणापत्र जारी गर्दै अधिकार सम्पन्न जिसस माग गरेको हो । 

घोषणापत्रमा अनुगमन र समन्वयलाई प्रभावकारी बनाउन तत्काल कानूनी व्यवस्था गर्नुपर्ने, जिससको कामलाई प्रभावकारी बनाउन जिसस साझा मञ्च बनाउने, जिससको राष्ट्रिय मञ्चका रूपमा जिसस महासंघ स्थापना गर्ने, पर्याप्त कर्मचारीको व्यवस्था गर्नुपर्ने, संकलन गर्दै गरेको राजश्वबाट अर्को व्यवस्था नभएसम्म जिससमार्फत नै विकास आयोजना सञ्चालन व्यवस्था गर्नुपर्नेलगायतका विषय समावेश गरिएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । 

यस्तै सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको योजना छनोटमा जनप्रतिनिधिको भूमिकालाई बाइपास गरिएकाले तत्काल सच्याउन माग गरिएको प्रमुख पोर्तेलले बताउनुभयो ।   रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई