2026-09-18 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा हात्तीको चोरीशिकार

असोज ८, उदयपुर। जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ । तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले विष सेवन गराएर मारेको अवस्थामा फेला पारिएको हो । 

जिल्ला वन कार्यालयका सूचना अधिकृत लालबाबु यादवकाअनुसार मृत वयस्क भाले हात्ती कोशी टप्पु क्षेत्रको जंगलको भएको र पेशेवार शिकारीका गिरोहले हात्तीलाई खाने कुरामा विष हालेर दिएपछि बेहोस हुँदै सिसौलीको जंगलमा आएर मरेको अवस्थामा फेला पारिएको थियो । 

मृत्यु भएको हात्तीको दाँत र पुच्छरसमेत आधुनिक मेसिन प्रयोग गरेर काटेर लगेका कारण हात्तीलाई पेशेवार सिकारीको गिरोहले मारेको जिल्ला वन कार्यालयसहित क्षेत्रीय वन कार्यालयका पदाधिकारीले अनुसन्धानमा फेला पारेको सूचना अधिकृत यादवले बताउनुभयो । 

हात्ती विष सेवनका कारण छटपट्टिदै कोशी टप्पु क्षेत्रबाट तीन किलोमिटरभित्र सिसौलीको जंगलमा आएर ढलेको अनुमान सो टोलीको थियो । 

करिब २५ वर्ष जति पुगेको उक्त भाले हात्तीको दुबै दाँत मेसिन प्रयोग गरेर काटिएको अवस्थामा फेला पारिएको थियो । दुबै दाँतको मूल्य दश लाखसम्म पर्ने पनि सूचना अधिकृत यादवले बताउनुभयो । सिसौली वन क्षेत्रको छेउमा सशस्त्र प्रहरीको बेसक्याम्प छ भने दक्षिण पूर्वतर्फ स्थानीयवासीको बसोवास रहेको क्षेत्रमा पनि यस्ता घटनाले चोरीशिकारी गाउँ÷गाउँमा नै प्रवेश गर्न थालेको स्थानीय बुद्धराज भुजेल र भविन्द्र राईले बताउनुभयो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई