2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा ३६ हजार शौचालयविहीन

असोज ८, झापा।  झापा जिल्लामा ३६ हजार घरधुरी शौचालयविहीन छन् । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार एक लाख ८१ हजार ७९७ घरधुरी रहेको जिल्लामा एक लाख ४५ हजार ८०० घरधुरीमा मात्र शौचालय निर्माण भएको छ । झापालाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने सरकारको लक्ष्य भए पनि यसले मूर्तरुप लिने अवस्था देखिएको छैन । समयावधि चार महिना मात्र बाँकी छँदा सो लक्ष्य हासिल गर्न ठूलो चुनौती थपिएको छ । 

खुला दिसामुक्त अभियानमा सहयोग गर्ने संस्थाको अभावमा अपेक्षाकृत काम हुन नसकेको डिभिजन कार्यालयका सहजकर्ता रुद्र न्यौपानेले बताउनुभयो । हालसम्म बुद्धशान्ति गाउँपालिका मात्र खुला दिसामुक्त भएको छ । खुला दिसामुक्त हुन नसके सरसफाइको अभियान पनि ओझेलमापर्ने अवस्था सिर्जना भएको छ । स्थानीय विकास अधिकारी खेमराज ओझाले एक्लो प्रयासमा झापालाई खुला दिसामुक्त बनाउन नसकिने बताउँदै यसमा साझा प्रयास र प्रयत्नको खाँचो औँल्याउनुभयो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई