पढ्न करिब 1 मिनेट लाग्छ
<p>असोज ९, झापा झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ । <br></p><p>जंगली हात्ती लखेट्ने क्रममा उनलाई हिजोराति करेन्ट लागेको प्रहरीले जनाएको छ । लिम्बूले घरवरिपरि लगाएको करेन्टवालमा ठोक्किन पुग्दा उनलाई करेन्ट लागेको र उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस</p>

