२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नमुना नगरपालिका बनाउने प्रमुख र उपप्रमुखको प्रतिबद्धता

२०७४, ९ आश्विन सोमबार २०:१५

असोज १०, लहान | (रासस): सप्तरी खड्ग नगरपालिकाका नवनिर्वाचित प्रमुख हेमायु हकले यस नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

निर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदभारग्रहण कार्यक्रममा उहाँले भन्नुभयो – “सबै पक्षसँग समन्वय र सहकार्य गरी नमूना नगरका रुपमा विकास गर्ने कार्यमा हामी प्रतिबद्ध छौं ।” 

प्रमुख हकले बिद्यमान स्रोत र साधनको अधिकतम उपयोग गरी नगरक्षेत्रभित्र स्वरोजगारी सृजना गर्ने कार्यलाई नगरपालिकाले उच्च प्राथमिकता दिइने बताउनुभयो । 

कार्यक्रममा नवनिर्वाचित उपप्रमुख यासमिन सुल्तानले नगरको समग्र विकासका लागि सबैसँग हातमा हात मिलाएर अघि बढ्ने बताउनुभयो । 

निर्वाचन अधिकृत रीताकुमारी बख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख सुदेवकुमार पोखरेलले नगरको विकास तथा जनताको हितमा काम गर्न नवनिर्वाचित नगरप्रमुख लगायतका पदाधिकारीलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस