२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम प्रशासनद्वारा भाडादरको छड्के अनुगमन

१० आश्विन २०७४, मंगलवार ०६:२४

असोज १०, अछाम । अछाम प्रशासनले पछिल्लो समय निर्धारण गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन भए÷नभएको बारे छड्के अनुगमन कार्य शुरु गरेको छ । 

दशैँ तिहारलाई मध्यनजर गर्दै यात्रु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर व्यवसायीले कार्यान्वयन गरे/नगरेको बारे छड्के अनुगमन शुरु गरिएको हो । 

मंगलसेन, जयगढ, साँफेबगर सडकखण्डमा सञ्चालन हुने जिप तथा बसले भाडादर कार्यान्वयन गरे÷नगरेको र नियमानुसार यातायात सञ्चालन गरे÷नगरेको बारे निगरानी गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा गरिएको छड्के अनुगमनका क्रममा बाटोमा भेटिएका यातायातका साधन जिप तथा बस सञ्चालक र त्यसमा सवार यात्रुलाई सोधपुछ गरिएको बताइएको छ । 

अनुगमनका क्रममा केही यात्रुले आफूहरु साँफे, जयगढ मंगलसेनखण्डमा पुरानै भाडा तिरिरहेको बताएका प्रजिअ चौधरीले जानकारी दिनुभयो । 

यस्तै, यातायात सञ्चालक र सवारी चालकलाई पनि साँफे —मंगलसेनको रु १६० र साँफे–जयगढ तथा जयगढ–मंगलसेनको रु ८० निर्धारण गरिएकाले सो भाडादरमै यात्रुलाई सेवा दिन निर्देशन गरिएको उहाँको भनाइ छ । 

सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन गरिएको र त्यसो गरेको गुनासो आए तत्काल कारबाही गरिने प्रशासनले जनाएको छ । 

यात्रुलाई पनि सवारी चालक र सञ्चालकले निर्धारित भाडादरभन्दा बढी लिएमा र क्षमताभन्दा बढी यात्रु बोकेमा प्रहरीको १०० नंमा फोन गरी जानकारी गराउन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, अछामले तीनवटै सुरक्षा निकाय र यातायात व्यवसायीको सहभागितामा अछामका सबै क्षेत्रमा सञ्चालन हुने बस तथा जिपको भाडादर रु २० देखि १०० सम्म घटाएर नयाँ भाडादर निर्धारण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…