2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

निमोनियाका कारण दीपाको असामयिक निधन

चिसाङ शेर्पा/असोज १०, खोटाङ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ नुनथलाका सदस्य दिपा राईको निमोनियाका कारण सोमवार निधन भएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ पुईलुङका राईको २२ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । सानोमा मुटुको समस्या भएता पनि विचमा कुनै समस्या नभएको र लगभग १५ दिन अघि मोटरवाईकमा काठमाण्डौ जाँदा चिसोले निमोनिया भएका थियो ।

निमोनिया भएपछि कोरियन अस्पताल भक्तपुरमा उपचार पश्चात डिस्चार्ज भएका राईको आईतवार राती २ वजे भक्तपुरस्थित आफ्नै कोठामा निधन भएको उहाँका वुवा चन्द्र चाम्लिङले बताउनुभयो ।

चाम्लिङले भने ‘अस्पतालले डिस्चार्ज गरेको छोरीलाई राती विरामले च्यापेपछि अस्पताल पु¥याउन नपाई गुमाउनु प¥यो ।’ घरकी एक्ली छोरीको निधनसंगै परिवार शोकमा डुबेको रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नेकपा माओवादी केन्द्रका संयोजक सुरेश राईले बताए ।

राईको सोमवार पुईलुङमा परम्परा अनुसार दाहसंस्कार गरिएको छ । राईलाई अखिल नेपाल जनसाँस्कृतिक महासंघ नुनथलाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नुथललाले सम्मानसहित दाहसंस्कार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई