२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा दशैँ तिहारलाई मध्येनजर गर्दै शान्ति सुरक्षाको बिशेष प्रबन्ध

११ आश्विन २०७४, बुधबार ०२:३४

कमल रावल | असोज ११, अछाम | अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले दशैँ तिहारलाई मध्येनजर गर्दै शान्ति सुरक्षाको बिशेष प्रबन्ध अछाम जिल्लामा मिलाईएको बताउनुभएको छ । 

नेपालीहरुको महान पर्वलाई खलल नपुगोस भनी शान्ति पुर्ण रुपमा सुरक्षा योजना तयार रहेको बताउनु भयो । दशैँ तिहारलाई शान्ति रुपमा सदभाव पुर्ण बनाउनका लागि सुरक्षा निकायका सबै पक्षसँग समन्वय रहेको जानकारी दिनुभयो । रेडीयो रामारोशनको दशैँ अन्तर्गत रामारोशन बिशेषमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी चौधरीले आफु आएको १ महीना बित्न लाग्दा जिल्लामा बजार अनुगमनको कार्य, यातायातका साधनका भाडादर कार्यान्वयनमा बिशेष जोड दिईएको बताउनु भयो । जिल्लाका सरोकारवाला तथा यातायात ब्यावसायिका बिचमा कार्यान्वयनको भाडादर ८० प्रतिशत लागु भएपनी अझै २० प्रतिशत कार्यान्वय हुन नसेककाले जिल्ला प्रहरी कार्यालय अन्तर्गतका तल्लो स्तरका ईलाका प्रहरी कार्यालयलाई कडाईका साथ अनुगमन गर्न आग्रह गरेका थिए । 

अछामका मुख्य व्यापारिक केन्द्र देखि स्थानिय बजारमा पन्ध्र/पन्ध्र दिनको फरकमा आफनो अभियान नै बजार अनुगमन गर्ने भएकाले सबै राजनितिक दल तथा जनप्रतिनिधीलाई साथ सहयोग गर्न आग्रह गरेका थिए । उपभोक्तालाई ठग्ने ब्यापारिलाई आगामि दिनमा कानुनी कारबाही सहीत योजना सहीत प्रशासन अघि बढ्ने बताउनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुगानाले चाडपर्वका बेलामा सबैलाई आफनो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन । दशैँमा बिशेष गरि चिल्लो खानेकुरा, मासु बढी हुने भएकाले यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । दशैँ तिहारमा बिशेष गरि दिर्घरोगिका बिरामीले खानपिनमा ध्यान दिनुपर्ने भएकाले यसमा घरपरिवारले समेत सहयोग गर्नुपर्नेमा ढुंगानाको जोड रहेको थियो । 

दशैमा बासि खानेकुरा बढी हुने र बजारमा पाईने जँग फुड समेत प्रयोग नगर्न उहाँको आग्रह रहेको थियो । सो कार्यक्रममा बोल्दै ब्रह्म कुमारी ईश्वरी विद्यालय अछामका प्रमुख सञ्चालीका कविताले दशैँको महत्व छुट्टै रहेकाले हिन्दु धर्मावलम्बीले आपसि भाईचारको रुपमा मनाउनुपर्ने बताउनुभयो । देविदेवता बलि चढाएर मात्र खुशि नहुने भएकाले मन शान्ति सहीत सफा हृदयले दशैँ मनाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…