२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका बजारहरुमा जिल्ला प्रशासन कार्यालयका नियमित छड्के अनुगमन जारी

२०७४, ११ आश्विन बुधबार ०२:३४

कमल रावल | असोज ११, अछाम | पछिल्लो समय बजार अनुगमनलाई तिब्रताका साथ अगि बढाईरहेको अछाम प्रशासनले सदरमुकाम मंगलसेन स्थित बिभिन्न पसलहरुमा छड्के अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अछामका कामु शाखा अधिकृत तुलसीप्रसाद ढुंगानाको संयोजकत्वमा रहेको बजार अनुगमन टोलिले मंगलसेन बजारका बिभिन्न ठाँउमा छड्के अनुगमन गरेको हो । 

अनुगमनका क्रममा दैनीक उपभोग्य तथा किराना पसल, होटेल, हार्डवयर पसल लगायतमा छड्के निरिक्षण गरि बिभिन्न अबैध तथा अखाद्य म्याद नाघेका सामग्रि बरामद गरिएको छ । अनुगमनका क्रममा मंगलसेन मालिका विकास बैंक नजिक रहेका २ वटा होटेलमा छापा समेत हानेको छ । २ वटा होटेल होटेल मध्ये कृष्ण स्टोरवाट १० लिटरको ग्लेनमा राखिएको साढे २ लिटर अबैध घरेलु मदिरा बरामद गरिएको छ । 

यस्तै रामेछाप होटेलवाट ईजाजत बिना बिक्रि बितरण भईरहेको १३ बोतल बियर जफत गरिएको छ । यस्तै अनुगमन टोलिले जिल्ला शिक्षा अगाडी देखी पर सम्मका पसलहरु, बैरागी बस काउण्टर अगाडीका पसलहरु र क्याम्पसचोकमा रहेका खुद्रा तथा उपभोग्य सामग्रि पाईने पसलहरुवाट ठुलो परिणाममा मेगाश्री गुट्खा बरामद भएको छ । उक्त गुट्खामा उत्पादन मिती र प्रयोग गरिसक्ने मिति नभएका कारण जफत गरिएको टोलिका संयोजक तुलसीप्रसाद ढुंगानाले बताँउनुभयो । यस्तै टोलिले मिठाई, श्रृंगार सामग्रि र अन्य प्याकिंग खाद्यपदार्थहरु पनी म्याद नाघेका बिक्रिबितरण भईरहेको भेटिएपछि बरामद गरेको जनाईएको छ । बरामद भएका सबै अबैध तथा अखाद्य बस्तु जिल्ला प्रशासन कार्यालय परिसरमा प्रशासन, प्रहरी, पत्रकार र सरोकारवालाको रोहबरमा नष्ट गरेको जनाईएको छ । 

अनुगमनका क्रममा दर्ता बिना सञ्चालन भएका र अबैध रुपमा कारोबार गरिरहेका पसलहरुलाई सचेत गराईएको छ भने आगामि दिनमा नियम अनुसार सञ्चालन नगरे सिल गरिदिने चेतावनी समेत दिईएको छ । उपभोक्तालाई मनपरि गर्ने, राज्य र नागरिकलाई ठगी गर्ने कालोबजारीया ब्यापारि ब्यावसायिलाई कुनै हालतमा नछोडीने अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनुभयो । कुनैपनी ब्यापारि ब्यावसायिले उपभोक्तालाई ठगि गरेमा तत्काल जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । 

मंगलसेनमा गरिएको छड्के अनुगमनमा जिल्ला प्रशासन कार्यालयका कामु शाखा अधिकृत तुलसिप्रसाद ढुंगानाको संयोजकत्वमा अनुगमन समितीका सदस्यहरु जिल्ला प्रहरी कार्यालय अछामका सहि जयानन्द नाथ, पत्रकार महाँसंघ अछामका सचिव होम साउद, राष्टिय अनुसन्धानका हेमराज अवस्थि लगायतको सहभागीता रहेको थियो । बजार अनुगमन कार्य निरन्तर चलिरहेको र बदमासि गरेको पाईएमा जो सुकैलाई पनी कानुनी कारवाही गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना