२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका बजारहरुमा जिल्ला प्रशासन कार्यालयका नियमित छड्के अनुगमन जारी

११ आश्विन २०७४, बुधबार ०२:३४

कमल रावल | असोज ११, अछाम | पछिल्लो समय बजार अनुगमनलाई तिब्रताका साथ अगि बढाईरहेको अछाम प्रशासनले सदरमुकाम मंगलसेन स्थित बिभिन्न पसलहरुमा छड्के अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अछामका कामु शाखा अधिकृत तुलसीप्रसाद ढुंगानाको संयोजकत्वमा रहेको बजार अनुगमन टोलिले मंगलसेन बजारका बिभिन्न ठाँउमा छड्के अनुगमन गरेको हो । 

अनुगमनका क्रममा दैनीक उपभोग्य तथा किराना पसल, होटेल, हार्डवयर पसल लगायतमा छड्के निरिक्षण गरि बिभिन्न अबैध तथा अखाद्य म्याद नाघेका सामग्रि बरामद गरिएको छ । अनुगमनका क्रममा मंगलसेन मालिका विकास बैंक नजिक रहेका २ वटा होटेलमा छापा समेत हानेको छ । २ वटा होटेल होटेल मध्ये कृष्ण स्टोरवाट १० लिटरको ग्लेनमा राखिएको साढे २ लिटर अबैध घरेलु मदिरा बरामद गरिएको छ । 

यस्तै रामेछाप होटेलवाट ईजाजत बिना बिक्रि बितरण भईरहेको १३ बोतल बियर जफत गरिएको छ । यस्तै अनुगमन टोलिले जिल्ला शिक्षा अगाडी देखी पर सम्मका पसलहरु, बैरागी बस काउण्टर अगाडीका पसलहरु र क्याम्पसचोकमा रहेका खुद्रा तथा उपभोग्य सामग्रि पाईने पसलहरुवाट ठुलो परिणाममा मेगाश्री गुट्खा बरामद भएको छ । उक्त गुट्खामा उत्पादन मिती र प्रयोग गरिसक्ने मिति नभएका कारण जफत गरिएको टोलिका संयोजक तुलसीप्रसाद ढुंगानाले बताँउनुभयो । यस्तै टोलिले मिठाई, श्रृंगार सामग्रि र अन्य प्याकिंग खाद्यपदार्थहरु पनी म्याद नाघेका बिक्रिबितरण भईरहेको भेटिएपछि बरामद गरेको जनाईएको छ । बरामद भएका सबै अबैध तथा अखाद्य बस्तु जिल्ला प्रशासन कार्यालय परिसरमा प्रशासन, प्रहरी, पत्रकार र सरोकारवालाको रोहबरमा नष्ट गरेको जनाईएको छ । 

अनुगमनका क्रममा दर्ता बिना सञ्चालन भएका र अबैध रुपमा कारोबार गरिरहेका पसलहरुलाई सचेत गराईएको छ भने आगामि दिनमा नियम अनुसार सञ्चालन नगरे सिल गरिदिने चेतावनी समेत दिईएको छ । उपभोक्तालाई मनपरि गर्ने, राज्य र नागरिकलाई ठगी गर्ने कालोबजारीया ब्यापारि ब्यावसायिलाई कुनै हालतमा नछोडीने अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनुभयो । कुनैपनी ब्यापारि ब्यावसायिले उपभोक्तालाई ठगि गरेमा तत्काल जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । 

मंगलसेनमा गरिएको छड्के अनुगमनमा जिल्ला प्रशासन कार्यालयका कामु शाखा अधिकृत तुलसिप्रसाद ढुंगानाको संयोजकत्वमा अनुगमन समितीका सदस्यहरु जिल्ला प्रहरी कार्यालय अछामका सहि जयानन्द नाथ, पत्रकार महाँसंघ अछामका सचिव होम साउद, राष्टिय अनुसन्धानका हेमराज अवस्थि लगायतको सहभागीता रहेको थियो । बजार अनुगमन कार्य निरन्तर चलिरहेको र बदमासि गरेको पाईएमा जो सुकैलाई पनी कानुनी कारवाही गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…