प्रेम  सुनार | असोज-१३, गुल्मी । गुल्मीको एक कार्यक्रममामा आएका  नेपाली सिने क्षेत्रका  महानायक राजेश हमाले आफु जन्मीनु भन्दा तिन वर्ष अघि देखि नै चलचित्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम  सुनार | असोज-१३, गुल्मी । गुल्मीको एक कार्यक्रममामा आएका  नेपाली सिने क्षेत्रका  महानायक राजेश हमाले आफु जन्मीनु भन्दा तिन वर्ष अघि देखि नै चलचित्"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मीनुभन्दा तिन वर्ष अघि फिल्ममा खेलेको राजेश हमालले दावि (फोटो फिचर)

२०७४, १३ आश्विन शुक्रबार ००:०६

प्रेम  सुनार | असोज-१३, गुल्मी । गुल्मीको एक कार्यक्रममामा आएका  नेपाली सिने क्षेत्रका  महानायक राजेश हमाले आफु जन्मीनु भन्दा तिन वर्ष अघि देखि नै चलचित्रमा अभिनय गरेको दावि गरेका छन् । 

उनले गुल्मीको धुर्कोट बडा दशै महोत्सवलाई सम्वोधन गर्दै  गम्भीर मुद्रमा भने– ‘खास त मेरा  उमेर २५ वर्ष पनि नाघेको छैन तर  म फिल्ममा खेल्न थालेको  २८ वर्ष पुग्यो । ’ ठट्यौली पारामा  धुर्कोट गाउँपालिकामा आयोजितत धुर्कोट बढा  दशै मेला २०७४ को भव्य समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसपालीको बढा दशै धुर्कोप्रस्तुत नभई गम्भीर मुद्रामा आफ्नो उमेर २५ वर्षको  तर फिलम खेल्न थालेको २८ वर्ष बताउनुले उनले अहिलेको नयाँ पिढीलाई ब्याङ्ग गरेको हुन सक्ने दर्शकहरुको ठम्याई थियो । 

गुल्मीको धुर्कोट गाउँपालिकोट गाउँपालिका वडा नम्वर ४  जैसीथोकको कालापोखरा  खेल मैदानमा भएको मेलामा धुर्कोटवासी संग रमाईलो गरी दशैं मनाउन पाएकोमा आफुले   ठुलो अवसरका रुपमा लिएको बताए ।

धुर्कोटमा  पहिलो भए पनि गुल्मीमा चौथो पटक  आई पुगेका हमाल प्रतिको  हुटिङ्ग  युवा वर्गमा देख्दा उनको क्रेज झन बढ्दो छ भन्ने बुझ्न सकिन्थ्यो । सदरमुकाम नजिकै भँगेरीमा सुख्खा पहिरोले हिजो देखि सडक अवरुद्ध भएका कारण  गाडी त्यही रोकेर आधा घण्टाको उकालो हिडेर करिव ४ वजे  कार्यक्रममा पुगेका हमालले साँझपख धमका नै मच्चाए ।


दर्शक दिर्घबाट  उनि आफैले बोलाएकी एउटी  १५ वर्षे किशोरीको बारुली कम्वर संग निकै झुमेका नायक हमाल संग नाच्न पाकी महिलाहरु समेत स्टेच मै पुगेका थिए । गुल्मी आउँदै छन् भन्ने खवर पाए पछि सदरमुकाम तम्घास देखि धुर्कोट सम्म बाटोमा उनलाई हेर्नेहरुको ठाउँ ठाउँमा भिड थियो ।

कार्यक्रममा त गायक शौगात सागर । गायिका सपना गाह , बैकुण्ठ महत , लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा सहयोगदाता र विभिन्न क्षेत्रमा योगदान पुराउने महानुभावलाई प्रमुख अतिीथी धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र विशिष्ट अतिथी महानायक राजेश हमालले सम्मान गरेका थिए ।


कार्यक्रममा धुर्कोट गाउँपालिका उपप्रमुख शिवबहादुर खत्री , सवै वडा प्रमुख र विभिन्न क्षेत्रका समाज सेवीहरुको सहभागीता रहेको थियो । ‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान’ भन्ने मुल नाराका साथ देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले मेला आयोजना गरेको थियो भने कार्यक्रमको सञ्चारकर्मी मदन खनालले गरेका थिए । कार्यक्रम निर्देशक मदन खनालको अध्यक्षता रहेको कार्यक्रममा गायक तथा चर्चित उद्घोषक लक्ष्मण खड्काको सञ्चालन रहेको थियो । मेला तिन देखि सञ्चालन भई आज समापन भएको छ ।

मेलामा राजिस्थानबाट ल्याईएको उड प्रदर्शन, एशियाकै होची महिला मञ्जु घिमिरे , विभिन्न प्रकारका पिङ , प्यापारिक स्टल राखिएको थियो । मेलाले ऐतिहाँसिक धुर्कोटलाई चिनाउने आयोजकले अपेक्षा राखेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी