२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंको टीकाको साइत ११:५५ बजे

२०७४, १३ आश्विन शुक्रबार १७:२८

असोज १३, काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । यस वर्षको बडादशैं भोलि (असोज १४ गते) हो ।

विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।

दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति