2026-10-26 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु र चिनसंगको नाका खुल्ने थाहा पाउदा मुगुबासी खुशी

दान बहादुर बुढा/भाद्र १०, मुगु । चिनको स्वसासित क्षेत्र तिब्बत र नेपाल बिचको ब्यापार सहजिकरण समितिको शुक्रबार काठमाडौंमा बसेको बैठकले दोलखाको लामाबगर, गोरखाको छेकम्पार लार्के र मुगुको नाग्चे लाग्ना नाका खोल्न चिन सरकारसंग नेपाल सरकारले प्रस्ताव गरेपछि मुगु बासी खुशि भएका छन ।

nepal china

मुगुस्थित नेपाल र चीन सिमा स्तम्भ

चिनको स्वसासित क्षेत्र तिब्बतसंग सिमा जोडिएको मुगुको नाक्चे लाग्ना लाई नाका खोल्न सुक्रबार काठमाडौंमा दुबै सरकारका प्रतिनिधि बिच बसेको बैठकमा मुगु लाई नाका खोल्ने प्रस्ताव गरेपछि यहाँका सर्बसाधारण खुशि भएका हुन ।

मुगु सदरमुकाम गमगढी देखि नाका सम्मको ८६ किलो मिटर सडक संजाल जोडेपछि यातायात १२ महिना सम्म संचालन हुने भएकाले अन्य नाका भन्दा यो नाका नजिक पर्ने हुदा नाका खुलाउन छिटै प्रयास गर्दा मुगुबासी र मध्यपश्चिमका लागी नै राम्रो हुने देखिन्छ ।

शिर्ष नेताहरुले हालै ७ प्रदेशको सिमाङ्गन सहितको संघिय नेपालको नक्शा सार्वजनिक गर्दा प्रदेश नं ६ मा तराई बाहेकको भुभाग समेटदा दक्षिणी नाका अर्को प्रदेशमा परेको भन्दै दुख्खी भएका मध्य पश्चिमका जनता यो उत्तरी नाका खोल्ने भएपछि भने खुशी भएका छन ।

प्रत्येक बर्ष साउनको तेस्रो सात देखि तिब्बतको ह्याजीमारामा दुई हप्ता सम्म लाग्ने हाटमा मुगुबासी पुगी यार्सा तथा जडिबुटी बेचेर त्यहाँ बाट बर्ष भरी पुग्ने खाद्यन्न,लत्ता कपडा, बिधुतिय लगायतका सामानहरु ल्याउने गर्छन ।

मुगु उधोग बाणिज्य संघका कावा अध्यक्ष कमल बुढाका अनुसार नेपाल सरकारको यो प्रस्तावलाई चिन सरकारले मानेर नाका खोल्ने हो भने मुगुका लागी कायापलट हुने बताउछन । उनका अनुसार नाका खोले पछि दैनिक उपभोग्य सामन, लत्ताकपडा,निमार्ण र बिधुतिय सामान देखि अन्य सामान तिब्बतबाट भित्रिने र यहाँ बाट जडिबुटि, मसाला तरकारी फलफुल आदी सामान निर्यात हुने बताउछन । तर यो नाका १२ महिना खोल्नका लागी दुबै देशले यातायातमा पनि त्यतिकै जोड दिनु पर्ने बताउ छन ।

सिन्दुपाल्चोकको तातोपानी नाका भएर काठमाडौंको महाँबौद्धका ब्यापारीहरुबाट सामान ल्याई ब्यापार ब्यबसाय गर्ने मध्यपश्चिमका ब्यापारीहरु यो नाका १२ महिना खुल्ने हो भने यहाँ बाट भित्रियको सामान मध्यपश्चिम तथा सुदुर पश्चिम लगायत पश्मिाअञ्चल सम्म यो नाकाबाट चिनियाँ कम्पनीका सामग्री पुग्ने ब्यापारीहरु बताउछन । सिमा सम्म यातायात पुराउन सके अन्य नाका भन्दा यो नाकाको सडक यातायात पनि सहजै संचालनमा आउन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने