2026-09-07 09:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

समयमा स्याउ राख्ने काटुन नपुग्दा स्याउ निकासीमा ढिलाई

दान बहादुर बुढा, भदौ २२, मुगु / जिल्लाका विभिन्न स्थानमा कृषकले फलाएको स्याउ पाके पनि जिल्ला कृषि विकास कार्यालय स्याउ राख्ने कार्टुन उपलब्ध गराउन नसके पछि स्याउ निकासीमा कृषक स्याउ खेराजानेमा चिन्तामा छन ।

apple 1
“स्याउ धेरै छ पाकेर रुखबाट झर्न थालि सक्यो, अलि अलि भएको काटुनमा स्याउ राखेर नेपालगञ्ज पठाएँ अरु कुहिने हो कि भन्ने चिन्ता छ । कार्किवाडा गाविसका स्थानीय रामभक्त रोकायाले भने ।

”कृषकका स्याउ बगैचामा फलेको स्याउ पाकेर झर्न थाले पनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने काटुन समयमा नै वितरण नगरे पछि स्याउ कसरी बाहिरी जिल्ला पठाउने भन्नेमा कृषकहरु चिन्तामा छन । कार्यालयले जिल्लामा फलेको स्याउ सहज रुपमा जिल्ला बाहिर लैजानका लागि स्याउ कृषकलाई हरेक वर्ष उपलब्ध गराउदै आएको छ ।

apple 2तराई बन्दका कारण खरिद गरिएका काटुन विच बाटोमा नै रोकिएकाले कृषकलाई वितरण गर्न नसकिएको कृषि कार्यालयले जनाएको छ । गत वर्ष बाँकि रहेका काटुन कृषकलाई वितरण गरिएको र बाटोमा रोकिएका काटुन आए कृषकलाई वितरण गरिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनारयण पाण्डेले जानकारी दिए ।

गएको वर्ष जिल्लामा उत्पादन भएको स्याउ वर्षाका कारण हवाई यातायात तथा सडक मार्ग बन्द भएपछि जिल्ला बाहिर निकासी हुन नसक्दा खेर गएको थियो । अहिले सडक यातायात र हवाई यातायात सुचारु रहे पनि स्याउ राख्ने काटुन नपाउदा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि लाखौको स्याउ खेराजाने हो कि भन्ने चिन्तामा कृषकहरु छन ।

स्याउ पाकेपछि अहिले कृषकले आफ्ना बगैचाका स्याउ टिप्न सुरु गरेका छन । स्याउ टिपे पनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा कृषकले सस्तो मुल्यमा स्याउ विक्रि गरिरहेका छन । गत वर्ष जिल्ला बाहिर स्याउ नपठाए पनि चालिस हजार बराबरको स्याउ जिल्लामा नै विक्रि गरेको र बाँकि सबै खेर गएको कार्कीवाडा गाविस वडा नम्बर २ की राजमाया रावलले बताईन ।

अहिले जिल्लामा २५ रुपैयाँ देखि ४० रुपैयाँ प्रति केजी स्याउ विक्रि भईरहेको छ । शुक्रवार मात्र जिल्लाबाट एक सय क्वीण्टल स्याउ निकासी भएको छ । नेपालगञ्ज बन्द भन्छन , यता स्याउ पाकेर झर्न थालिसक्यो , जे पर्ला पर्ला भनेर ७२ क्वीण्टल नेपालगञ्ज तर्फ पठाएँ कार्कीवाडा गाविस वडा नम्बर ६ निवासी हस्तबहादुर कार्कीले बताय भने ।

apple 3
सदरमुकाम आसपासका कार्कीवाडा, रुगा, रोवा, पिना गाविसमा उत्पादन भएको स्याउ सदरमुकाम र नेपालगञ्ज तर्फ खपत हुने भए पनि सदरमुकाम बाहिरका माँग्री, जिमा, रारा, खमाले ,सुकाढिक , कालै लगायतका गाविसमा फलेको स्याउ यातायात र भौगोलिक विकटताका कारण खेर जाने गरेको छ । जिल्लामा १ हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्ला भरमा २ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष ३ हजार ९ सय ९० मेट्रिक टन उत्पादन भएको अनुमान छ । जिल्लामा उत्पादन भएको स्याउ सुरक्षित राख्न विभिन्न स्थानमा भण्डार घर निर्माण गर्ने आगामी लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित