2026-09-08 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

प्रविधी र यातायातले हुलाक सेवा खस्कदो

दान बहादुर बुढा/भदौ २९, मुगु । कुनै बेला चिठी पत्र र पुलिन्दा घर घरमा पु¥याउन भ्याई नभ्याई हुने हुलाक तथा त्यस मातहतका कर्मचारीहरु पछिल्ला दिनहरुमा तिव्र रुपमा भएको सुचना प्रविधी तथा हवाई र स्थलगत यातायातको विकास खस्कदो छ ।

हुलाकीमा काम गर्न थालेको २५ बर्ष पुगेको बताउने माग्ले शाही विगतको काम सम्झदा भन्छन राज्यले यातायातको सहज पहुच नभएकाले हुलाकी नाम दिएर मानव यातायात बनाएको रहेछ भन्छन ५० ६० केजीका पुलिन्दा बोकेर घरघरमा पुराउन जानु प¥थ्यो ।

घाम र पानी नभनी समय मै चिठी तथा पुलिन्दा सम्वन्धित ठाँउमा पु¥याउनु पथ्यो त्यो बेलाका दुख्खका कुरा गरेर साध्य छैन भन्छन तर पछिल्ला दिनहरुमा मोवाईल,ईन्टरनेट,फयाक्स जस्ता संचार प्रविधीको विकासले चिठी पत्र बन्ध भएका र यातायातको सहज पहुच जिल्लामा पुगेकाले सामानहरु गाडी तथा हवाईजहाजबाट पुग्न तथा पठाउन थालिएपछि फुर्सद मिलेको अर्थात प्रविधीले सुखी बनायो भन्छन ।

जिल्ला हुलाक कार्यालयका खरिदार तिलक बहादुर मल्ल विगत बर्षहरुमा कार्यालयमा हुने गरेको कामको चाप सम्झदै भन्छन विभिन्न कार्यालय,व्यक्तिका नाममा आएका तथा पठाउनु पर्ने चिठी पत्र तथा पुलिन्दाहरुको दाखिला र चलानी गर्दा गर्दा औलाहरु थाकेर काम गर्न नै सकिदैनथ्यो तर पाँच बर्ष यता जिल्लामा नेपाल टेलिकमले मोवाईल ,लेनलाईन र मेल सेवा विस्तार गरेसंगै क्रमश चिठी पत्रहरु कम आउन थालेको र पुलिन्दा त ठ¥याम्मै बन्ध भएका छन । व्यक्तीका सामान तथा चिठी पत्र आउन छाडेपनि सरकारी चिठी पत्रहरु मात्र आउने तथा पठाउने काम भएको उनले बताए ।

खरिदार मल्लले भने झै अहिले जिल्ला भरीमा रहेका हुलाक कार्यालयका कर्मचारीहरु फुर्सदिला भएका छन । कार्यालयमा आउनु भनेको औपचारिकता निभाउने काम मात्र भएको छ । चिठी पत्र नआए पनि खाली चलानी भएपनि पठाउनु पर्ने प्रावधान भएकाले हुलाकीले काम भने गरिरहेका छन यती मात्र फरक हो की पहिला चिठी र सामान भरिएका पुलिन्दा सहितको भारी चलानी चलान गर्नु पथ्यो तर अहिले ति सामान नभएको खाली रित्तो चलानी चलान गर्नु पर्छ जिल्ला हुलाक कार्यालय मुगुका निर्मित कार्यालय प्रमुख नागमल शाही बताए ।

मुगु जिल्लामा रहेका १ जिल्ला हुलाक कार्यालय,७ ईलाका हुलाक कार्यालय र १७ अतिरिक्त हुलाक कार्यालयमा विभिन्न तहका गरि १७५ जना कर्मचारीहरुको दरबन्धि रहेपनि हाल जिल्ला हुलाक कार्यालयमा १३ जना, ईलाका हुलाकमा हुलाकी ३४ जना र अतिरिक्त हुलाकमा हुलाकी १७, पत्र वितरक १७ र डाक वाहक हुलाकी ३३ जना गरि जिल्ला भरिमा कुल जम्मा ११४ जना कर्मचारी कार्यरत रहेको जिल्ला हुलाक कार्यालय मुगुले जनाएको छ ।
सरकारले परिवर्तित समयसंगै हुलाक सेवालाई पनि परिमार्जित गदै लैजानु पर्ने सम्वद्ध कर्मचारीहरु बताउछन । विना काम गरेर तलब खानु पर्दा आफुहरुलाई अप्ठेरो महशुस हुने भएपनि विगतका दिनहरुको दुख्खको फल पाएको ठानेर तलब भत्ता लिने गरेको कर्मचारीहरु बताउ छन उनीहरु भन्छन सरकारले परिवर्तित विश्वमा चलेको हुलाक सेवा अनुसारको तालिम र काम देओस आफुहरु त्यो काम गर्न तयार छौ ।

विश्वमा हुलाक सेवाको परिमार्जित रुपको अनुशरण गरेर नेपालमा पनि यो सेवालाई अगाडी बढाउनु पर्ने सरोकारवालाहरु बताउछन । उसो त सरकारले केही बर्ष अघिबाट प्रत्र्यक जिल्लामा रहेका हुलाक कार्यालयहरुलाई टेलिसेन्टरमा परिवर्तित गदै सेवा दिने कामको थालनी गरेपनि मुगुमा संचालित सेलिसेन्टर दक्ष प्राविधिकहरुको कमी र बजारमा भन्दा महन्गो सेवा शुल्कका कारण प्रभावकारी हुन सकिरहेको छैन भने जिल्ला बाहिरका कार्यालय हाल खाली चलानी काट्ने र घरभाडा बुझाउने कामका लागी मात्र प्रयोग हुदै आएका छन त पत्र मन्जुसाहरुमा माकुराले जालो लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित