2026-09-08 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु उद्योग वाणिज्य संघले गर्यो ६ जना पत्रकारलाई सम्मान

दान बहादुर बुढा/असोज २, मुगु । मुगु उद्योग बाणिज्य संघले जिल्लामा आर्थीक क्षेत्रमा कलम चलाएर जिल्लाको उद्योग बाणिण्य क्षेत्रमा योगदान पु¥याएको भन्दै मुगु जिल्लामा कृयाशिल ६ जना पत्रकारहरुलाई आफ्नो छैटौ अधिबेशनमा पत्रकारहरुलाई सम्मान गरेको छ ।

m

संघले आज जिल्ला विकास समितीको सभाहलमा आफनो छैटौ जिल्ला अधिवेशनको उदघाटन् समारोहमा जिल्लाको आर्थीक क्षेत्रमा लामो समय देखि कलम चलाएर योगदान दिएको भन्दै राष्टिय समाचार समितीका जिल्ला समाचारदाता नृपेन्द्रबहादुर मल्ल, रेडियो नेपालका जिल्ला समाचारदाता विनोद कुमार मल्ल, नागरिक दैनिकका जिल्ला समाचारदाता सुमन मल्ल, कान्तिपुर दैनिकका जिल्ला समाचारदाता राज बहादुर शाही, नेपाल टेलिभिजनका जिल्ला समाचारदाता कविराज कार्की र अन्नपूर्ण पोष्टका जिल्ला समाचारदाता जिवन सेजुवाललाई सम्मान गरेको हो ।

m1

उदघाटन समारोहलाई शुभ कामना दिदै नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष सुमन मल्लले समाजका लागी दिनारात आफनो घर,परिवार नभनी खटिरहने पत्रकारहरुको कामको कदर गदै जिल्ला मै पहिलो चाटी पत्रकारहरुलाई सम्मान गरेर बाणिज्य संघले कामको सम्मान गर्ने परिपाटीको शुरुवात गरेकोमा धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथी पुर्वमन्त्री हस्तबहादुर मल्ल,पुर्व सभाषद सोनाम छेजुम लामा र उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष एवं केन्द्रिय सदस्य नरविर रावतले गत बैशाख १२ गते गएको महाभुकम्पमा पडित परिवारका लागी मुगुमा उठाएको राहत संकलनमा सहयोग गर्ने महानुभावहरु, बाणिज्य संघको आर्थीक प्रशासनिक तथा भौतिक विकासमा योगदान दिने व्यक्तिहरुलाई सम्मान र महा भुकम्पमा परि विभिन्न जिल्लामा ज्यान गुमाउने मुगुका व्यक्तिहरुका परिवारहरुलाई ५/५ हजारका रुपयाँ दरले चारजना परिवारलाई राहत वितरण पनि समेत गरिएको थियो । आज उद्घाटन गरिएको मुगु उद्योग बाणिज्य संघको भोली शनिबार बन्ध सत्र भएर नयाँ कार्य समिती चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित