२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सीमा क्षेत्रमा मजदुर लुटिनेक्रम रोकिएन्

१८ आश्विन २०७४, बुधबार १६:०५

असोज १८, कञ्चनपुर । दशैँ–तिहार नजिकिदै जाँदा कामका लागि भारतका विभिन्न शहरबाट घर फर्किने नेपाली मजदुर सीमा क्षेत्रमा लुटिनेक्रम अझै रोकिएको छैन् ।

दुवै देशका अधिकारीले पटक पटक सीमामा आवत जावत सहज बनाउने प्रतिबद्धता जाहेर गरेपनि सम्बन्धी जिम्मेबार निकायबाटै मजदुर लुट्निे गरेका गरेका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका मजदुर बनबासा बसपार्कदेखि महेन्द्रनगरको बसपार्कसम्म आईपुग्दा सास्र्ती खेप्नु परेको छ । 

बनबासा–महेन्द्रनगरको विचमा लुट्निे ठगिने र सकसका विच मजदुरले यहाँसम्म आईपुग्नु परेको मजदुरको गुनासो छ । भारतको बङलोरबाट घर फर्किएका अछामका करन साउदले बनबासा बसपार्कमा उत्रिने बेला रिक्सा, टाँगा, ट्याक्सीवालाले आ–आफ्नो सवारी साधनमा चढ्न तानातान गर्दा यात्रुलाई समस्या हुने गरेको बताए । 

‘बनबासा बसपार्कबाट ल्याएर केहीले विच बाटैमा छाड्ने गरेका छन्, ‘उनले भने, ‘केही यातायात व्यवसायीले भारतीय कष्टममा चेकचाँच नगराउने सर्तमा हामीबाट अग्रीम बढि पैशा लिन्छन् ।’ बनबासादेखि महेन्द्रनगर बसपार्कसम्म सास्ती खेप्नु परेको उनको दुखेसो छ । भारतीय कष्टम देखि गड्डाचौकी भन्सारसम्म अवैध रुपमा पैशा दिनु परेको उनको भनाई छ । 

‘पैदल आउने यात्रुले भारतीय कष्टमले आर्थिक हैसियत अनुसार पैशा दिनुपर्छ, ‘उनले भने, ‘नेपालको भन्सारमा समेत हामीबाट चियापानी खर्च भन्दै पैशा अशुल्ने गरेका छन् ।’ केही रिक्सा, टाँगा र ट्याक्सीवालाले विच बाटैसम्म पु¥याउने र चर्को भाडा अशुलेर यात्रुलाई गड्डाचौकीसम्म पु¥याउने गरेको उनको भनाई छ । भारतको मुम्बईबाट रोजगारी गरि घर फर्केका कञ्चनपुरका राजेश आउजीले घर आउँदा सीमा क्षेत्रमा निकै सास्र्ती खेप्नु परेको बताए । उनले टाँङ्गावाले बढि भाडा लिने गरेको गुनासो गरे । ‘टाँगावालाले समान हेरेर भाडा लिने गरेको छ, ‘उनले भने, ‘भाडादरमा एक रुपमा भएको छैन् मनपरी भाडा लिएका छन ।’ दुवै देशमा चेकचाँचका नाममा यात्रुलाई हैरान गरेको दुखेसो पोखे । 

हिमाञ्चलबाट दशैँ मनाउन घर आएका विराटनगरका पुथ्वीलाल दनुवारले टाँगावालाले आफुहरुबाट भाडाको दोब्बर भाडा लिएरको बताए । समान चेक नगराउने सर्तमा यात्रुबाट ५० रुपैया भाडा बढि लिएको बताए । ‘हामीसंग ५० यात्रु, रु. १०० समान र ५० रुपैया विच बाटोमा दिनुपर्छ भन्दै टाँगावालाले माग्यो, ‘उनले भने, ‘बढि भाडा लिएपनि हामीलाई चेकचाँज गरियो ।’ 

भारतको दिल्लीबाट दुई बर्षपछि घर फर्किन लागेका प्युठानका जुद्ध बहादुर सुनारले बनबासा बसपार्कदेखि मजदुरमाथी दुव्र्यवहार भएको बताए । दुवै देशका सरकारी तथा गैर सरकारी निकायले हामी मजदुरमाथी अमानविय व्यवहार गर्ने गरेको दुखेसो पोखे । ‘हामी नेपालमा रोजगार नहुँदा भारतमा गएका हौँ, ‘उनले भने, ‘भारतीय त हामीमाथी दुव्र्यवहार गर्छन्, तर नेपाली पनि भारतीयकै जस्तो गर्छन् ।’ महेन्द्रनगर–बनबासा चल्ने टाँगाका दुई मालिक छन् । टाँङ्गाका दुई मालिक हुँदा समेत मजदुरमाथी लुटपाट हुने गरेको छ । भारतीय लगानीकर्ता दर्ता नेपालीका नाममा र चलाउने भारतीय मजदुर हुँदा समेत टाँगाको भाडादरमा लुटाह काम भएको अधिकारीको भनाई छ ।  बनबासा जंगलमा समेत नशालु पदार्थ खुवाएर मजदुर लुट्ने काम अझै रोकिएको छैन् ।

 ईलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार दशैँ तिहारका बेला दैनिक ४ देखि ५ हजारसम्म भारतबाट नेपाली मजदुर नेपाल आउने गरेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख रघुनाथ भण्डारीले यात्रुको सुरक्षाका लागि दैनिक चेकजाँच गरेको बताए । ‘हामीले हरेक दिन टाँगावालाले बढि भाडा लिए नलिएको यात्रुसंग सोधपुछ गछौँ, ‘उनले भने, ‘तोकिएको भन्दा बढि भाडा लिएको पाए तुरुन्तै कार्बाही थाल्छौँ ।’ गड्डाचौकी प्रहरी प्रमुख भण्डारीले बेला बेलामा भारतीय अधिकारीसंग समन्वय गरेर नाकामा आवत जावत सहज बनाउने काम गरेको समेत बताए । 

मजदुरले भन्सारमा खटिएका नेपाली अधिकारले पैशा लिने गरेको गुनासो गरेपछि नेपाल अधिकारीले भने कुनै पनि नेपालीबाट पैशा नलिएको दावि गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जंग बहादुर मल्लले सीमा क्षेत्रमा यात्रुको सुरक्षा र सहजताका लागि दुवै देशबाट भएका प्रयास पुर्ण नभएको बताए । दुवै देशका अधिकारी विच भएको सहमती समेत कार्यान्वयन नहुँदा सीमा क्षेत्रमा यात्रुले सास्ती खेप्नु परेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो