२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नं ७ मा १४ लाख मतदाता, कुन जिल्लामा कति छन् ? (सुचिसहित)

१९ आश्विन २०७४, बिहीबार ०४:२९

असोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् । 

तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् । 

क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीका अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० मतदाता रहेका छन् भने सबैभन्दा कम बाजुरामा ६९ हजार ८३४ मतदाता रहेका छन् । कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ तेस्रोलिंगी रहेका छन् भने बाजुरामा ३५ हजार १४७ पुरुष, ३४ हजार ६८५ महिला र दुई तेस्रोलिंगी भएका मतदाता रहेका छन् । 

बैतडीमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुई जना तेस्रोलिंगी गरी एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् । दार्चुलामा ३९ हजार ५८५ पुरुष, ३८ हजार ९२७ महिला गरी ७८ हजार ५१२ रहेका छन् । 

डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी ८१ हजार ७३२ र बझाङमा ५१ हजार २७१ पुरुष, ५३ हजार तीन महिला र एक जना तेस्रोलिंगी गरी एकलाख चारहजार २७५ मतदाता रहेका जनाइएको छ । 

यस्तै, कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९७५, अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ र डोटीमा ४९ हजार १४३ पुरुष र ५७ हजार ४०० महिला मतदाता रहेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ । 

मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था छ । 

निर्वाचन आयोगका अनुसार देशभरका ७७ जिल्लामा ७७ लाख ७६ हजार ४९६ पुरुष, ७६ लाख ५१ हजार ६५ महिला र १७० तेस्रो लिंगी गरी जम्मा एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला