१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रथम विश्व कास्की सम्मेलन हुने

२० आश्विन २०७४, शुक्रबार ०८:३५

असोज २०, पोखरा । “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । 

कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा छरिएर रहेका गैर आवासीय कस्केलीको साझा मञ्च निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का संयोजक पूर्णप्रसाद तिम्सनाले जानकारी दिनुभयो । 

“विश्वमा छरिएका कस्केलीको साझा मञ्च निर्माण गरी यस क्षेत्रको समग्र विकास, प्रविधि, सीप एवं विदेशमा हासिल गरेको ज्ञानलाई जिल्लामा भित्र्याउने हाम्रो सोच हो,” उहाँले भन्नुभयो, “जन्म थलोसँग सम्पूर्ण कस्केलीलाई जोड्दै यहाँको समृद्धि र विकासमा योगदान पु¥याउनका लागि यो सम्मेलन आयोजना गरिएको हो ।” 

साझा मञ्च निर्माणसँगै नेपालभित्र र बाहिर कस्केलीको हितलाई प्रवद्र्धन गर्ने, कास्कीको समग्र हितमा कस्केलीको योगदानलाई परिचालन गर्ने, विदेशी मुलुकमा भएका सांस्कृतिक र पर्यटकीय क्षेत्रको अनुभवलाई कास्कीमा आदानप्रदान गर्ने, कस्केलीको ज्ञान सीप क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । 

कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्ने सम्मेलनमा विश्वमा छरिएर रहेका २२ वटा भन्दा बढी देशबाट गैर आवासीय कास्केली पोखरा आइसकेको र अरु आउने क्रममा रहेको जनाइएको छ । 

परिषद्का महासचिव गोविन्दप्रसाद पौडेलकाअनुसार सम्मेलनको पूर्व सन्ध्यामा असोज २३ गते बिहान पोखरामा २१ किमी९हाफ म्याराथुन० दौड प्रतियोगिता आयोजना गरिने छ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिने कार्यक्रम छ । उक्त पुरस्कारको सौजन्य पोर्चुगलका पर्यटन दूत एवं कास्की समाज पोर्चुगल प्रमुख संरक्षक रमेशकुमार गुरुङले गर्नुभएको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन