२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रथम विश्व कास्की सम्मेलन हुने

२०७४, २० आश्विन शुक्रबार ०८:३५

असोज २०, पोखरा । “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । 

कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा छरिएर रहेका गैर आवासीय कस्केलीको साझा मञ्च निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का संयोजक पूर्णप्रसाद तिम्सनाले जानकारी दिनुभयो । 

“विश्वमा छरिएका कस्केलीको साझा मञ्च निर्माण गरी यस क्षेत्रको समग्र विकास, प्रविधि, सीप एवं विदेशमा हासिल गरेको ज्ञानलाई जिल्लामा भित्र्याउने हाम्रो सोच हो,” उहाँले भन्नुभयो, “जन्म थलोसँग सम्पूर्ण कस्केलीलाई जोड्दै यहाँको समृद्धि र विकासमा योगदान पु¥याउनका लागि यो सम्मेलन आयोजना गरिएको हो ।” 

साझा मञ्च निर्माणसँगै नेपालभित्र र बाहिर कस्केलीको हितलाई प्रवद्र्धन गर्ने, कास्कीको समग्र हितमा कस्केलीको योगदानलाई परिचालन गर्ने, विदेशी मुलुकमा भएका सांस्कृतिक र पर्यटकीय क्षेत्रको अनुभवलाई कास्कीमा आदानप्रदान गर्ने, कस्केलीको ज्ञान सीप क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । 

कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्ने सम्मेलनमा विश्वमा छरिएर रहेका २२ वटा भन्दा बढी देशबाट गैर आवासीय कास्केली पोखरा आइसकेको र अरु आउने क्रममा रहेको जनाइएको छ । 

परिषद्का महासचिव गोविन्दप्रसाद पौडेलकाअनुसार सम्मेलनको पूर्व सन्ध्यामा असोज २३ गते बिहान पोखरामा २१ किमी९हाफ म्याराथुन० दौड प्रतियोगिता आयोजना गरिने छ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिने कार्यक्रम छ । उक्त पुरस्कारको सौजन्य पोर्चुगलका पर्यटन दूत एवं कास्की समाज पोर्चुगल प्रमुख संरक्षक रमेशकुमार गुरुङले गर्नुभएको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण