Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 6, 2017 मुगु - MG, समाज

लावडका स-परिवार न्याय खोज्न देवताको शरणमा पुगे

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया/असोज २०, मुगु । सोरु गाउँपालीका वडा नं ६ जिमाका एक दम्पति न्याय पाउँ भन्दै देवताको शरणमा पुगेका छन ।

आफ्नो घरको खेतबारी आफ्नै साखले जबजस्ती गरी खाएकाले आफ्नो जग्गा आफुले पाउँ भन्दै धन बहादुर लावडका दम्पति छोराछोरी काधँमा बाबाीको हलुडो बाँधी, शररिमा खरानी घसी, मुखमा घाँस च्यापि, रुमगिलाहाको देवता गुहार्दै रुम बिजैको शरणमा पुगेका हुन ।

रुम गिलाको जुवारे पुर्णिमाको अबसर पारी लावडका स परिवार देवताको थानमा भोकभोकै अनशनरत बसे पछी धामीले न्याय दिलाउने बिश्वास समेत दिलाएका छन ।

सौरु गाउँपालीका वडा नं ६ कै आफ्नै काका पर्नेले आफु तराई झरेको मौका छोपि जग्गा खाएको र माग्न खोज्दा मार्ने धम्कि दिने गर्नाले आफुले न्याय पाउँ भन्दै रुमको बिजैलाई पुकारी देवातको शरणमा पुगेको धन बहादुर लावडले बताउनुभयो ।

यस भन्दा पहिला पनी आपनो जग्गा जबजस्ती गरी खाएको र रुम बिजैमा लाई थान गरी जग्गा पाउँ भन्दै शरण परेपछी उसलाई रुम बिजै देवता दुख दिईएको र त्यसपछी अतिक्रमण गरेको जग्गा फिर्ता गरेको भएपनी पुन आपनो सपरिवार तराई झरेको मौका छोपि पुन जग्गा खाएकाले माग्न खोज्दा नदिईकाले देवता गुहारेको लावडको भनाई छ ।

यसै बिच मुगुको रुम बिजै देवताले परापुर्वकाल देखि नै अदालतको जस्तै भुमिका निभाउदै आएको बुढापाका हरुको भनाई छ । घरेलु हिसां महिला हिसा  चोरी लगायत अन्य अन्याय पुर्ण जस्ता कियाक्रलाप भएको खण्डमा स्थानीले रुम बिजै लाई गुहारेम छोटो समयमै रुम बिजैले न्याय दिलाउने स्थानिय फागुने कामीले बताउनुभयो ।

सौरु गाउँपालीका अधिकांश स्थानीय अन्याय भएको खण्डमा जिल्ला अदालत नगई रुम ग्रिलाहा बिजैकोमा अनशनरत बसी थान गर्ने तथा देवात गुहार्ने गरेको कामीको भनाई छ ।

रुम ग्रिलाहा बिजैकोमा न्याय माग्न मुगु, हुम्ला, जुम्ला, बाजुरा, अछाम, डोल्पा र कालीकोट लगायतका स्थानीय आउने र न्याय पाएको खण्डमा देवतालाई भाकल गरेका खसीबोका घण्ट लयायतका चढाउने बुढापाकाको भनाई छ ।