२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा रातो प्लेट गाडीको अचेक्ली, कालो प्लेटको मनपरी

२० आश्विन २०७४, शुक्रबार १५:२६


प्रेम सुनार/असोज २०, गुल्मी । भर्खरै कार्याभार सम्हालेका गुल्मीका प्रमुख जिल्ला अधिकारी संगको भेटमा यहाँका पत्रकारहरुले विशेषत चाडपर्व र विपदको बेला यहाँका यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको जनगुनासो राखेका छन् ।

नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको आमन्त्रणमा भेटघाटमा पुगेका पत्रकारहरुले दशैमा यातायात व्यवसायीहरुले मनपरी भाडा उठाएर यात्रुहरुको ढाड सेक्दा पनि प्रहरी प्रशासन मुकदर्शक भएर बसेको गुनासो गरेका थिए  ।

पाल्पा तम्घास सडक खण्डको भँडेरीमा पहिरो जाँदा जिल्लावासीलाई प्राकृतिक विपद परेको वेला मानविय सहयोगमा  यातायात व्यवसायी पनि जुट्नु पर्ने बेला व्रम्हालुटमा लागेको आरोप समेत पत्रकारहरुले लगाए ।

जिल्लाका ठाउँ ठाउँमा आवस्यक गाडी नपुराएर दशैका यात्रुहरु हिडेर सास्ती खेपेको, गाडी कम गराएर दोव्वर तेव्वर भाडा असुलीको नियति वोकेको आरोप लगाउँदै अव छिट्टै आउँदै गरेको तिहारका यात्रुहरुलाई यसरी ठगीन र दुख दिनबाट बचाउन पत्रकारहरुले आग्रह समेत गरे ।

भाडामा यात्रु बोक्न नपाउने रातो प्लेटका गाडीहरुले छतमा समेत मानिसहरु कोचेर हिड्दा पनि  प्रशासनले ध्यान नदिएको धेरै पत्रकारहरुको गुनासो थियो । रातो प्लेटवाल गाडीले सिट क्षमता अनुसारको आफ्नो परिवार वा दुख विमारमा परेका आफन्तजन बोक्न दिए पनि पेशेवर रुपमा उनिहरुले  यात्रुहरु राखेर राज्यलाई बढि  कर तिर्ने पेशेवर कालो प्लेटका यातयात व्यवसायीहरु माथी अचेक्ली भएको  विषयमा पनि प्रशासनको ध्यानकृष्ट गराईएको थियो ।

बजार अनुमन नहुने, यातायातका साधनमा छड्के. चेक नहुने , प्रहरीले गर्ने चेक चाँज देखालो दाँत जस्तै हुने लगाएतका विषयमा प्रमुख जिल्ला अधिकारी अर्यालय आफ्नो गम्भीर ध्यानकृष्ट भएको बताएका थिए ।

 उनले आफु यसै जिल्लाको नागरिक समेत भएकोले जिल्लाको शान्ति सुरक्षा , सुशासन पारदर्श प्रशासनका लागि सवै संग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतका जिल्लाका क्रियाशिल पत्रकारहरु पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु