2026-10-26 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

भारतको गल्ली गल्ली छोडी सडकको काममा मुगाली

दान बहादुर बुढा, असोज २४, मुगु / असार देखि साउन सम्म खेति कृषान गरेर भारतका बिभिन्न गल्ली गल्लीमा कामको खोजिमा जाने मुगुका युवा यो बर्ष गाँउमै सडक योजना आएपछि आउदो बैषाखमा गाँउमै गाडी पुराउने भन्दै बर्षेनी कामको खोजिमा भारत जाने मुगुका युवा हरु सडक बनाउन लागि परेका छन ।
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड भेग स्थित खमाले श्रीकोट गाबिसमा बिकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिबिकोपार्जन सुधार कार्यक्रम (डिल्रिप) अति रिक्त लगानि तर्फको कवा चिमाडुग्रि १५ प्वाईन्ट ५ किलोमिटर सडक एसियालि बैकको आर्थिक सहयोगमा निर्माण हुन लागेपछि आउदो बैषाख महिनामा आ अफना गाँउमा गाडी पुराउने भन्दै असार साउनमा घर खेतको काम सकि भारतका बिभिन्न स्थानम कामको खोजिमा जाने यहाँका युवा हरु सडकको काममा लागी परेका हुन ।
प्रत्येक बर्ष असार साउन घर खेतको काम सकेर धनकमाउने भनेर भारतका बिभिन्न स्थानमा जाने यो भेगका युवा हरु आफना गाबिसमा सडक निमार्णको योजना परेपछि भारत भन्दा राम्रो कमाई घरमै हुने र आफुहरुले छिटो काम गरे आउदो बैषाख भित्रै गाडि पुग्ने भएपछि सबै गाबिसका युवा हरु भारत जान छोडेर सडक निमार्णमा लागेको श्रीकोटा चिमाडुग्रिका बिश्वरुप थापा बताउछन ।
०६७ ाम बिस्तृत परियोजना प्रतिबेदन बनि जुम्ला जिल्ला र मुगु बिच कालाकाँडालेख खमाले कवा १६ किलोमिटर सडक ट्रयाक खोलि आल जिल्लाको खमाले गाबिस सम्म मालबाहक गाडी सहजै रुपमा आउने जाने गरेपछि यो गाबिसमा उत्पादन हुने स्याउ सिमि आलु तरकारी र अन्य फलफुल समेत जेपालगंज सुर्खेत सम्म पुग्ने भएपछि छिमेकि गाबिस गम्था र श्रीकोटका सर्बसाधरण पनि आफना गाबिसमा उत्पादन हुने फलफुल तरकारी नेपालगंज सुर्खेत सम्म पुराई आम्दानि हुने देखिएपछि गाँउका युवा महिला सबै बैषाख सम्म गाडी पुराउने भन्दै काममा लागृेको र उनिहरु भारतको दुःख पुर्ण काम छोडेर गाँउमै योजना बाट राम्रो कमाई हुने देखेकाले सबै गाँउका युवा सडक निर्माणमा लागृेका कवा चिमा डुग्रि सडक निर्माणका सब ईन्जिनियर सुमित्रा रावल बताउछिन ।
यातायात अभाबकै कारण आफनो गाँउमा उत्पादन हुने फलफुलले बजार नपाउदा स्याउ कुहिएर जान्थे अन्य फलफुल पशुचौपाय लाई खुवानु पर्ने बाध्यता रहेका यि श्रीकोट र गम्थाका कृषान गाँउमा सडक निमार्ण हुन थाले पछि अब आफुले उत्पालन गरेका फलफुलले बजार पाई कामको खोजिमा भारतका बिभिन्न स्थानमा जाने युुवा हरु लाई पनि आफनै गाँउमा बसेर केही गरौ भन्ने आट जागेको श्रीकोट खर्क गाँउका हिरा टमटा बताउछन ।
१० करोड ७४ लाख ७४ हजार ४सय ४८ रुपैयामा निमार्ण भएको कालाकाँडा खमाले १६ किलो मिटर सडक निमार्ण भई मालबाहक गाडि आवत जावत गरिरहेका छन भने कवा चिमा डुग्रिको७ किलो मिटर सडक खण्डको श्रमिक समूहबाट ५ करोड ८० लाख सजिलो भाग अहिले सम्बन्धित गाबिसका प्रत्येक घरका एक जना काममा सहभागि भई निमार्ण भई रहेको छ ८.५ किलोमिटर सडक खण्ड चट्टान भएकाले ठेकेदार मार्फत निमार्ण सम्पन्न गराई बैषाख भित्र गाडी पराउने लक्ष्य रहेको डिल्रिप मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने