२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नगर क्षेत्रको बिकासका लागी स्थानिय स्तरका स्रोत साधनको बढी प्रयोग गर्ने प्रतिबद्धता

२०७४, २१ आश्विन शनिबार ०३:४८

कमल रावल/असोज २०, अछाम । नगर क्षेत्रको बिकासका लागी स्थानिय स्तरका स्रोत साधनको बढी प्रयोग गर्ने कमलबजार नगरपालिकाका जन प्रतिनिधीले प्रतिबद्धता जनाएका छन । 

केन्द्रबाट आएको बजेटले मात्र स्थानिय स्तरको बिकासले गती लिन नसक्ने भएकाले स्थानिय स्रोत साधनलाई बढी प्राथमिकता तथा उपयोग गर्ने प्रतिबद्धता जनाएका हुन । रेडीयो रामारोशन अछामले स्थानिय स्तरको बिकासका लागी कमलबजार नगरपालिकाले योजना के बनाएको छ भन्ने बिषयमा गरेको सुदुर सवाल छलफल कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख ओम प्रकाश बिष्टले केन्द्रको बजेटले नगर क्षेत्रको समुन्नत बिकास सम्भव नभएकाले स्थानिय स्रोत साधनको उचित प्रयोग गर्ने बताएका छन । 


बेरोजगार युवा, महिलालाई अवसर प्रदान गरि आत्म निर्भर बनाउनका लागि स साना घरेलु उद्योगको बिकास, आधुनिक क्रान्ति सहित कृषि क्षेत्रमा बिशेष जोड दिने बताउनु भयो । कमलबजार क्षेत्रको खानेपानीको अभाव, कमलबजार एयरपोर्टको निर्माण तथा हावा बाट निकालिएको विद्युत बायु उर्जालाई व्यावस्थपनका लागि पहल गर्ने बताउनु भयो । 

आगामि दिनमा नगर भित्रका टुहुरा वालवालिकाकालाई नगरपालिकाको सहयोगको निशुल्क शिक्षा प्रदान गरिने बताउनु भयो । गैरिटाड देखि कमलबजार सम्मको ग्रामिण सडकलाई व्यावस्थीत गरि मर्मत कार्यलाई अबको २ दिनमै अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा नगर उपप्रमुख भुमिसरण बजगाई ढकालले महीला हिसाँको अन्त्य, छाउपडी कुप्रथाको अन्त्यका कार्यक्रम अघि सारिएकाले यसमा सबैले साथ दिनु पर्ने बताउनु भयो । नगर भित्रको मदिरा ब्यवस्थापन हुन नसक्दा महिलाले पिडा भोग्नु परेकाले कमलसल सोफि नाम मदिरा समेत बजार क्षेत्रमा विक्रि वितरणमा रोक लगाईएको बताउनु भयो । 

आागामि दिनमा स्वास्थ्य क्षेत्रमा सबैको पहुचका लागी आफनो पहल कदमि जारी रहने बताउनु भयो । छलफल कार्यक्रममा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत डम्मरा थापाले नगर आर्थिक स्तर राजस्व सँकलन मात्र नहुन सक्ने भएकाले जनप्रतिनिले अन्य पाटा समेत अघि बढाउनु पर्ने जोड दिनु भएको थियो । 


आगामि दिनमा नगरको नाममा रहेको आवादि जग्गामा थुप्रै कृषि तर्फ फलफुल खेतीका कार्यलाई व्यावसायिक रुपमा अघि बढाउन सके आर्थिक बृद्धि बढ्ने बताउनु भयो । कार्यक्रममा सबै वडा अध्यक्षले वडामा आउने सबै स्रोत ब्यावस्थानलाई अघि बढाउदै लैजाने बताएका थिए । कार्यक्रममा सहभागिले कमलबजार पर्यटकीय तथा अन्य आर्थिक रुपमा सम्भावना बोकेको नगर हुदा पनी सबैको ध्यान जान नसक्दा समस्या भईरहेको बताएका थिए । 

आगामि दिनमा बजार ब्यावस्थापन, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता राख्नुपर्नेमा जोड दिएका थिए । सुदुर सवालको पुरा भाग रेडियो रामारोशन बाट शनिवार राती सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे सुन्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ