काठमाडौँ | सर्वसाधारणलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झण्झट दिने १३ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले वैदेशिक रोजगारको सिलसीलामा ठगिएका पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीलाई हैरानी दिइ बिचौलिया प्रयोग गर्न उनीहरूले बाध्य बनाउने गरेको आचार्यले बताए । उनीहरूले पीडितसँग पीडकविरुद्ध पुर्जी जारी गरिदिन सहयोग गर्ने भन्दै मोलमोलाइ गर्ने गरेका छन् ।