प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको मलागिरी गाउँमा त्यहाँको एक युवा क्लवले आज बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

मदाने गाउँपालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको मलागिरी गाउँमा त्यहाँको एक युवा क्लवले आज बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

मदाने गाउँपालिका"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मलागिरीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२१ आश्विन २०७४, शनिबार १४:०८


प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको मलागिरी गाउँमा त्यहाँको एक युवा क्लवले आज बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

मदाने गाउँपालिका वडा नम्वर ५ साविकको मलागिरी गाविसमा खोप्चामा  लामो समय देखि क्रियाशिल सुर्योदय खड्ग मालिका युवा क्लवले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो । 

आज विहान ८ वजे देखि  सुरु भएको स्वास्थ्य शिविरमा मदाने गाउँपालिका, छिमेकी जिल्ला प्युठान झिमरुक गाउँपालिका र अर्को छिमेकी जिल्ला अर्घाखाँची सम्मका झण्डै ३ सय जनाले निशुल्क स्वास्थ्य परिक्षण औषधी उपचार गराएका छन् ।

निशुल्क स्वास्थ्य सेवा दिन भिम अस्पताल भैरहबाका वरिष्ठ डाक्टर रुपक श्रेष्ठ, सोही अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रेश्मा क्षेत्री, मिलिजुली फार्मेसी अस्पताललाईन वुटवल सटर नम्वर ४१ का प्रोपराईटर यज्ञप्रसाद पाण्डे  र त्यसका सञ्चालक सुदर्शन खनालको सक्रियता रहेको थियो ।


मलागिरीका ७८ वर्षिय बृद्ध टिकाबहादु।र खड्काबाट सुरु भएको स्वास्थ्य परिक्षण शिविरमा बढि मात्रमा गरिव विपन्न वर्ग समुदायको सहभागिता देखिन्थ्यो । 

हिजो देखि ‘युवा जागरण सहित सामाजिक हितमा अग्रसरता, स्वास्थ जिवन हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ सुरु भएको वार्षिकोत्सव कार्यक्रमको पहिलो दिन साविकको वडा स्तरिय भलिवल प्रतियोगिता, आज दोश्रो दिन निशुल्क स्वास्थ्य शिविर र भोली तेश्रो दिन त्यसै खेलको फाईनलसहित विभिन्न कार्यक्रमका विच समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । कार्यक्रमा क्लवका अध्यक्ष दिनेश खड्काको अध्यक्षता र सचिव दिपक खड्काको सञ्चालन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४