2026-08-31 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

असोज २१, चितवन । भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कत्र्तव्य गरी हत्या गरेको आरोपमा भरतपुर–२२ बस्ने स्थानीय होटल सञ्चालक ३४ वर्षका खेमबहादुर गुरुङलाई पक्राउ गरिएको छ । 

नेपालीका परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा उनीविरुद्ध लिखित उजुरीसमेत दिएका छन् । उनलाई कत्र्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक थापाले आज जानकारी दिनुभयो । 

यही असोज १६ गते साँझ घरबाट हराएका रामबहादुर नेपालीका २० वर्षीय छोरा शिशिर नेपालीलाई असोज १७ गते घर नजिकैको सडक छेउमा मृत अवस्थामा फेला पारिएको थियो । 

मादक पदार्थ सेवन गरेर पटकपटक होहल्ला गरेपछि होटल सञ्चालकले कत्र्तव्य गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै थापाले पटकपटक उनलाई गुरुङले सडकमा घिसारेको बताउनुभयो । 

प्रहरी हिरासतमा रहेका गुरुङले भने अन्तै मदिरा खाई होटलमा होहल्ला गरेपछि घिसारेर बाहिर पठाएको स्वीकारेको प्रहरीले जनाएको छ । सडक छेउमा मृत भेटिएका उनको टाउको र कन्चटमा चोटसमेत देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान