2026-06-19 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कार्यालय प्रमुख नहुदा सेवाग्रही मर्कामा

दान बहादुर बुढा, कात्तिक २०, मुगु / दशै विदा सकिएको साता दिन बढी विती सक्दा पनि मुगुमा रहेका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु कार्य स्थलमा नफर्कदा सेवाग्रही जनताले समयमा नै सेवा लिन पाईरहेका छैनन ।

दशै विदा गत ७ गतेबाट सकिएपनि जिल्लामा जिल्ला शिक्षा अधिकारी जवारीलाल हमाल,टेलिकम प्रमुख श्रीधर अधिकारी र कृषि कार्यालय प्रमुख डाक्टर चन्द्र प्रसाद रिसाल मात्र जिल्लामा पुगेका छन भने जिल्ला वन कार्यालय,पशु सेवा कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,सिचाई डिभिजन कार्यालय,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,महिला तथा बालबालिका कार्यालय, हुलाक कार्यालय,नापी कार्यालय,जिल्ला कारागार कार्यालय ,जिल्ला विकास समिती कार्यालय,जिल्ला प्राविधिक कार्यालय,जिल्ला आर्युवेद कार्यालय,घरेलु तथा साना उद्योग विकास समिती,शान्ति समिती,गमगाढ वितरण केन्द्र,कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुखहरु अझै जिल्लामा आएका छैनन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सोम बहादुर थापा,जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी र जिल्ला अनुसन्धान कार्यालय प्रमुख विनय चर्तुवेदीले दशै विदामा पनि घर नगएर कार्यालयको काम गरे ।

दशै विदामा कर्मचारीहरु घर जाने भएकाले विदा सकिएको १,२ दिनसम्म सेवाग्रही पनि कार्यालयमा नआउने गरेपनि साता दिन वितीसकेकाले कार्यालयहरुमा सेवाग्रही आउने क्रम शुरु हुन थालेपनि कार्यालयहरुमा कार्यालय सहायक मात्र भएकाले सेवाविनै सेवाग्रही जनताहरु घर फर्कनु पर्ने बाध्यता रहेको छ ।

शुक्रबार घरेलु तथा साना उद्योग विकास समितीमा उद्योग नविकरण गर्न आएका श्रीनगर ५ का नृपेन्द्र मल्लले उद्योग नविकरण गर्न पाएनन कारण थियो कार्यालयमा प्रमुख थिएनन कार्यालयमा रहेका खरिदार स्तरका कर्मचारीलाई यो अधिकारी थिएन । मल्ल जस्तै हिजोआज विभिन्न कार्यालयहरुमा काम विषेशले टाढा टाढाबाट सेवा लिन आएका सर्वसाधरण कार्यालय प्रमुख जन्यकाम नहुदा रित्तो हात पर्कने गरेका छन ।

कार्यालय प्रमुखहरु मात्र हाईन विदामा घर गएका मुगु जिल्लाका २४ गाँउ विकास समितीहरु मध्य पिना, रारा, कालै, धैनकोट, भिई, नार्थपु, जिमा, डोल्फु, माग्री, किमी्र, सेरी, खमाले, गम्था र श्रीकोट गाविसका सचिवहरु पनि कार्यस्थलमा नर्फदा ति गाविसहरुबाट सम्पादन हुने कामहरु पनि प्रभावित भएका छन । मुख्य गरि नागरिकता सिफारिस,जनताहरुले पाउने विभिन्न अनुदानका रकम,पहिलो चौमाषिकमा हुनु पर्ने कामहरु हुन सकिरहेका छैनन ।

नागरिक समाज मुगुका अध्यक्ष ज्ञानेन्द्र शाही भन्छन विगत बर्षहरुमा एयरपोट कच्चि थियो सडक संचालन थिएन जिल्ला बाहिरका कर्मचारी समयमा नै आउन कठिन थियो तर यो बर्ष सडक संचालनमा छ । रारा एअरर्पोट कालोपत्रे भै दैनिक ३,४ उडान भैराखेका छन अझै कार्यालयमा कर्मचारी नआउनु भनेको लापरवाही र पदिय दायित्व बोध नहुन नै हो भन्छन ।

जिल्ला विकास समितीमा कार्यरत एक कर्मचारी भन्छन समय मै हाकिमहरु आए यो बर्षका विकासका काम समयमा नै हुन्थे तर अहिले कार्यालय प्रमुख नहुदा विकास निमार्णका कुनै काम भएका छैनन एकै चाटी फाल्गुणमा जिल्ला परिषद हुदा आउछन फर्कछन पुन जेष्ट महिनामा आएर बर्षभरी गर्नु पर्ने काम एकै चोटी रातारात गर्छन मुगुमा एक महिना भित्रमा चमत्कारी काम भएको कागजी प्रक्रिया मिलाउछन अनि कसरी मुगुको विकास हुन्छ भनी उल्टै प्रश्न गर्छन ।

दिगो ,गुणात्मक र पारदर्शी कामका लागी प्रथम चौमाषिक बाटै उपभोक्ता समिती गठन, सम्झौता र कामको शुरुवात गर्नु पर्ने, यहाँ आर्थीक अनियमिता गर्न जेष्ठ असारमा किसानहरुलाई कामको चटारो परेका बेला काम गरिन्छ त्यसैले विदामा गएका कर्मचारीहरुलाई समयमा नै जिल्लामा फर्कन र आर्थीक बर्षको अन्तमा काम थुपार्ने चलन अन्त गर्न सम्वन्धित निकायहरुले पहल कदमी चाल्नु पर्ने श्रीनगर ३ छत्यालवाडा गाँउका लोकेन्द्र मल्ल बताउ छन ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी फुलपातीको अघिल्लो दिन कार्यालय प्रमुखहरुले जिल्ला छोडेको र कार्यालय प्रमुखहरुको नियमित बैठकमा दशै लगतै कार्यालयमा पुग्न र कुनै कारणबस जिल्लामा आउन नसक्ने भए लिखितरुपमा प्रशासन कार्यालयलाई जानकारी गराउन हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको बताउनु हुन्छ ।

यसै विच जिल्ला प्रशासन कार्यालय मुगुले आज जिल्ला स्थित सरकारी कार्यालयहरुको अनुगमन गरेको छ अनुगमनको क्रममा कृषि,टेलिकम,शिक्षा र मालपोत कार्यालयहरुमा मात्र प्रमुख रहेको पाईएको र बाँकी कार्यालयहरु स्थानिय सहायक स्तरका कर्मचारीबाट संचालनमा रहेको प्रशासनले जनाएको छ । कार्यालयमा विदा सकिएको साता दिन भन्दा बढी भै सक्दा पनि उपस्थित नहसने कर्मचारीलाई स्पष्टीकरण सोधिने चित्त बुझदो जवाफ नआएमा सम्विन्धित कार्यालयका माथिल्लो निकायमा कारवाहीका लागी पत्र पठाईने प्रजिअ रेग्मीले बताउनु भयो । जिल्लामा सुरक्षा निकाय सहित ३४ सरकारी कार्यालयहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ