५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सैनिक व्यारेक अगाडी मोटर साईकल , निकुञ्ज कार्यालय मौन

६ मंसिर २०७२, आईतवार ११:५४

दान बहादुर बुढा /मुगु ६ मंसिर । हिमाली राष्ट्रिय निकुञ्ज भित्र मोटर , गाडी लगायतका सवारी साधन गुड्न नपाईने भए पनि रारा राष्ट्रिय निकुञ्ज भित्रै रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको व्यारेक अगाडी नै निर्वाध मोटर साईकल गुडे पनि सोकारवाला निकाय मौन रहेका छन ।

ताल्च विमान स्थल देखि झयारी गाउँ हुँदै माथिल्लो मिलि चौरसम्म सडक खनिए पछि मोटरहरु रारा तालको किनारसम्म पुग्ने गरिरहेका छन भने तालको किनारै किनारमा रहेको घोडेटो बाटो हुँदै मोटर साईकल सोझै निकुञ्ज कार्यालय र नेपाली सेनाको दुर्गा भञ्जन गुल्म रहेको हुटु चौरसम्म विना रोकटोक पुग्ने गरेका छन । मंसिर ३ गते नेपाली सेनाका लागि खोलिएको रासन ठेक्कामा सहभागि हुन पुगेको तिन वटा मोटर साईकल सैनिक अगाडी पुगेका थिए । यसरी पुगेका मोटर साईकललाई निकुञ्ज कार्यालयको निर्देशनमा नेपाली सेनाले दिन भरि आफ्नो नियन्त्रणमा लिए पनि साँझ पख कुनै जरिवाना नगरेर फिर्ता गरेको थियो ।

SONY DSC

रारा ताल अवलोकन गर्नका लागि रारा पुग्ने आन्तरिक पर्यटकहरुले पनि सुर्खेत, जुम्ला, नेपालगञ्ज तथा मुगुको गमगढीबाट मोटर साईकल र माईक्रो जिप चढेर रारा पुग्ने गरिरहेका छन । निकुञ्ज भित्र सवारी साधन लिन नपाईने भए पनि जर्बजस्त रुपमा मोटर साईकल निकुञ्ज कार्यालयसम्म नै ल्याउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीले निकुञ्ज क्षेत्र भित्र गाडी, मोटर , मोटर साईकल लगायतका कुनै पनि सवारी साधन प्रवेशमा निषेध गरेको भए पनि रारा आउनेले जर्बजस्ती गरेर मोटर साईकल ल्याउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख मोहनचन्द्र विकले बताए । निकुञ्ज कार्यालय अगाडी नै मोटर साईकल पुग्न थालेपछि स्थानीयवासीहरु आक्रोसित बनेका छन ।

SONY DSC

रारा गाविस मुर्मा गाउँका स्थानीय युवा डबल रोकायाले नागरिकसंग भने हामीले घोडा खच्चड लगायतका पशु वस्तु निकुञ्ज क्षेत्रमा हिडाउदा पशु वस्तुले लगाएका घण्टी निकाल्नु पर्छ, रेडियो सुनेर समेत हिड्न दिदैनन तर हुने खानेहरुले गाडी र मोटर साईकल गुडाउदासम्म नत नेपाली सेनाले केही बोल्छ नत निकुञ्ज कर्मचारीहरु नै बोल्छन । सवारी साधन प्रवेश गर्न नपाईने सुचना टाँसिए पनि सुचनाको वेवास्ता गरि ल्याईएका मोटर साईकल चालकलाई सम्झाएर पठाउने गरिएको कार्यालयको भनाई छ ।

SONY DSC
मोटर साईकल निकुञ्ज कार्यालय रहेको रारा तालको किनारामा पुगेको नयाँ घटना भने होईन । ताल्च विमान स्थल देखि निकुञ्ज हुँदै रारा ताल देखिने माथिल्लो मिली चौरसम्म पाँच किलो मिटर सडक खनिए देखि नै यस्तो भईरहेको छ तर निकुञ्ज कार्यालयले देखे पनि नदेखे झै गरिरहेको छ । सडक पुगेको मिली चौरमा कार्यालयले सवारी साधन प्रवेश गर्न नपाईने बोर्ड मात्र राखेर औपचारिकता निर्वाह गरेको छ ।
९ओटा फोटो पठाएको छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता