2026-10-26 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिला अधिकार संरक्षणको अभियानमा काम गर्ने महिला आफै हिंसामा परिन्

hinsha copy

दानबहादुर बुढा । मंसिर २२, मुगु । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहदा ग्रामिण भेगमा महिला सशक्तिकरण र महिला अधिकार संरक्षणको अभियानमा काम गर्ने एक महिला अधिकार कर्मिलाई उनकै पतिले हिंसामा पारेका छन ।

फोतु गाबिस वडानम्बर ५ निबासि ३० बर्षिया लोकेन्द्र शाहीले हुम्ला जिल्ला जैर गाबिस वडानम्बर ३ कि सत्य देबि बम संग १० बर्ष अगाढी परम्परागत बिबाह गरेका थिए । सत्य देबि बाट दुई छोरी जन्माई सकेपछि पति लोकेन्द्र दुई बर्ष अगाढी दा्रस्रो पत्नि ल्याई बहुबिबाह गरेको भएपनि आईतबार कार्यालयको तालिमका लागी जिल्ला सदरमुकाम गमगढी आई पतिको कोठा गएकै बेला बिधुतिय जगले हानि घाईते बनाएका हुन ।

कर्णाली एकिकृत ग्रामिण अनुसन्धान केन्द्र किर्डाक हुम्लामा संचालित महिला सशक्तिकरण कार्यक्रम अन्त्रगत म संग आवाज छ कार्याक्रममा हुम्ला जिल्लाका ग्रामिण भेगमा महिला अधिकारका बिषयमा महिला हरु लाई सचेत बनाउदै हिडेकि सत्य देबि ले दुई बर्ष अगाढी सौता ब्यर्होनु पर्यो ।कार्यालयको तालिमका लागी मुगुको सदरमुकाम गमगढी आएका बेला आईतबार बेलुकि सुत्ने बेला कपडाको बिषयमै कोठा भित्र कुटपिट गरे उनले कुटपिट गरि घाईते भएकि आफनी पत्नि लाई पुन बिधुतिय जगले प्रहार गरि टाउकोमा चोट लागी गम्बिर घाईते भएकि छन ।

घाईते भएकि सत्यवति लाई तत्कालै छिमेकिले प्रहरी लाई खबर गरि उपचारका लागी जिल्ला अस्पतालमा पुराएका थिए टाउको र बाँया हातमा चोट लागेको छ उनको टाउकोमा पाँच टाँका लगाएको छ । दोश्रो पत्नि संग सदरमुकाम गमगढीमा बस्दै आएका लोकेन्द्रले बेला बेला अफनो पहिलो पत्नि लाई कुटपिट गर्न थाले पछि उनि माईति घर हुम्ला जिल्लाको जैर गाबिस वडानम्बर ३ जैरमा बस्दै आएकि थिईन कार्यालयको कामको शिलसिलामा गमगढी आएका बेला मार्ने उदेश्यलेनै आफु लाई कुटपिट गरेको उनले बताईन तर भाग्यले जोगिए सत्यावतिले भनिन ।

नेपाल बिद्यार्थी संग जिल्ला समिति मुगुका पुर्ब अध्यक्ष समेत रहेका लोकेन्द्र लाई प्रहरीले खोजि रहेको प्रहरीले बताएको छ । जिल्ला अस्पतालमा घाउ केसफारम भएको भएपनि जिल्ला प्रहरी कार्यालयमा निबेदन न आएपछि आरोपित लाई थप कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय मुगुका डिएस्पि सोम थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने