२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बौलाहा कुकुरले टोक्दा ७ जना घाईते, २ को अवस्था चिन्ताजनक

२०७२, १ पुष बुधबार ०७:३१

विनोद कुमार मल्ल/ पुस १, मुगु । आईतबार ६ बजे राती मुगु जिल्लाको खत्याड भेग स्थित सुकाढिक गाँउ विकास समिती वडा नम्बर ४ नखर्जी गाँउमा एक बौलाह कुकुरले टोक्दा १२ जना घाईते भएका छन भने १ को अवस्था चिन्ता जनक रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुको प्रहरी नायव उपरिक्षक सोम बहादुर थापाका अनुसार घाईते हुनेमा सुकाढिक गाविस वडा नं ४ नखर्जी गाँउकी ३२ बषिया लक्ष्मी कार्की,१७ बर्षिय कमल कार्की,बर्ष १३ की सुरपना सिंह,बर्ष १२ का सुभाष कार्की,बर्ष २० की जानु कार्की,बर्ष ११ की झरना शाही, बर्ष ८० का लोकजंग शाही र बर्ष ९ का मजोज शाही रहेका छन ।

घाईते मध्य जानु कार्की को अवस्था चिन्ताजनक रहेको उपचारका लागी जिल्ला सदरमुकाम गमगढी तर्फ ल्याईदै गरेको पनि प्रहरीले जनाएको छ भने अन्य ५ जना सामान्य घाईते भएका छन ।अन्य ५ जनाको जानकारी आउन बार्की रहेको प्रहरी नायव उपरिक्षक सोम बहादुर थापाको भनाइ रहेको छ ।

साँझ वनपाखाबाट काम गरेर घर फकदै गर्दा गाँउमा एक्कासी कुकुरले जसलाई भटायो उसैलाई टोकेको र कुकुरलाई गाँउलेहरुले पक्रन खोज्दा भागेर बाजुरा जिल्ला तर्फ गएको स्थानिय अगुवा अमरराज शाहीले बताए । केही समय मै गाँउका ७ जान लाई कुकुरले टोकेर घाईते बनाए पछि अहिले पुरै गाँउ त्रसित छ । गाँउमा भएका अन्य कुकुर पनि बहुलाएर टोक्छन की भनेर शाहीले फोन गरेर बताए ।

जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर भक्तदेव श्रेष्टले अस्पतालमा कुकुरको टोकाई विरुद्व लगाईने एन्टिरेभिज भ्याक्सिन प्रयाप्त मात्रामा रहेको र घाईतेहरु आएमा उपचारमा कुनै समस्या नरहने बताउनु हुन्छ । तर एन्टिरेभिज भ्याक्सिन सुकाढीक सम्म लिन नसकिने डाक्टर भक्तदेव श्रेष्टले बतायका छन ।

घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट २१ कोष पश्चिम दक्षिण पर्दछ । भने पैदलमा दुई दिन लाग्छ । निमित्त प्रमुख लक्ष्मी प्रसाद भट्टराईका अनुसार एन्टिरेभिज भ्याक्सिन जसरी भएपनि बिरामिलाई उपलब्धगराई उपचारमा छिटोछरीतो गनकोलागी जिल्ला अस्पतालमा परीपत्र गरी सकेको जानकारी गरेका छन ।

हाँल सम्म बिरामिहरुले कुनै प्रकारको औषधी नपाएको जिल्ला एमाले पाटी सचिव जित बहादुर मल्ले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल