२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बौलाहा कुकुरले टोक्दा ७ जना घाईते, २ को अवस्था चिन्ताजनक

१ पुष २०७२, बुधबार ०७:३१

विनोद कुमार मल्ल/ पुस १, मुगु । आईतबार ६ बजे राती मुगु जिल्लाको खत्याड भेग स्थित सुकाढिक गाँउ विकास समिती वडा नम्बर ४ नखर्जी गाँउमा एक बौलाह कुकुरले टोक्दा १२ जना घाईते भएका छन भने १ को अवस्था चिन्ता जनक रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुको प्रहरी नायव उपरिक्षक सोम बहादुर थापाका अनुसार घाईते हुनेमा सुकाढिक गाविस वडा नं ४ नखर्जी गाँउकी ३२ बषिया लक्ष्मी कार्की,१७ बर्षिय कमल कार्की,बर्ष १३ की सुरपना सिंह,बर्ष १२ का सुभाष कार्की,बर्ष २० की जानु कार्की,बर्ष ११ की झरना शाही, बर्ष ८० का लोकजंग शाही र बर्ष ९ का मजोज शाही रहेका छन ।

घाईते मध्य जानु कार्की को अवस्था चिन्ताजनक रहेको उपचारका लागी जिल्ला सदरमुकाम गमगढी तर्फ ल्याईदै गरेको पनि प्रहरीले जनाएको छ भने अन्य ५ जना सामान्य घाईते भएका छन ।अन्य ५ जनाको जानकारी आउन बार्की रहेको प्रहरी नायव उपरिक्षक सोम बहादुर थापाको भनाइ रहेको छ ।

साँझ वनपाखाबाट काम गरेर घर फकदै गर्दा गाँउमा एक्कासी कुकुरले जसलाई भटायो उसैलाई टोकेको र कुकुरलाई गाँउलेहरुले पक्रन खोज्दा भागेर बाजुरा जिल्ला तर्फ गएको स्थानिय अगुवा अमरराज शाहीले बताए । केही समय मै गाँउका ७ जान लाई कुकुरले टोकेर घाईते बनाए पछि अहिले पुरै गाँउ त्रसित छ । गाँउमा भएका अन्य कुकुर पनि बहुलाएर टोक्छन की भनेर शाहीले फोन गरेर बताए ।

जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर भक्तदेव श्रेष्टले अस्पतालमा कुकुरको टोकाई विरुद्व लगाईने एन्टिरेभिज भ्याक्सिन प्रयाप्त मात्रामा रहेको र घाईतेहरु आएमा उपचारमा कुनै समस्या नरहने बताउनु हुन्छ । तर एन्टिरेभिज भ्याक्सिन सुकाढीक सम्म लिन नसकिने डाक्टर भक्तदेव श्रेष्टले बतायका छन ।

घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट २१ कोष पश्चिम दक्षिण पर्दछ । भने पैदलमा दुई दिन लाग्छ । निमित्त प्रमुख लक्ष्मी प्रसाद भट्टराईका अनुसार एन्टिरेभिज भ्याक्सिन जसरी भएपनि बिरामिलाई उपलब्धगराई उपचारमा छिटोछरीतो गनकोलागी जिल्ला अस्पतालमा परीपत्र गरी सकेको जानकारी गरेका छन ।

हाँल सम्म बिरामिहरुले कुनै प्रकारको औषधी नपाएको जिल्ला एमाले पाटी सचिव जित बहादुर मल्ले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव