२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

लाखौं रकम संकलन हुँदा पनि किन बनेन त पिपलधाराको कोट ?

२०७४, २२ आश्विन आईतवार १३:३०

प्रेम सुनार/असोज २२, गुल्मी । लामो समय देखि देश विदेशमा रहेका गुल्मी पिपलधारावासीले रकम संकलन अभियान गरेर गाउँको खड्ग छत्रकोट पुनरनिर्माण गर्न पहल गरे पनि स्थानियले अहिले सम्म निर्माण गर्न सकेका छैनन् । 

स्थानियवासी तथा रकम संकलन अभियानका एक सदस्य वावुराम थापाले फेशवुक मार्फत उक्त अभियान ओझेलमा पर्ने त होईन ? भनेर शंक उत्पन्न गरेका छन् । 

सञ्चारकर्मी समेत रहेका मलेशियामा  कार्यरत  थापाले मात्र होईन उनि जस्तै देश विदेशमा रहेका पिपलधारावासीले चासो राखेर झण्डै तिन लाख संकलन भई सकेको र ८ लाख घोषण समेत भएको भनिएको त्यो रकम कहाँ कसको साथमा छ ? भन्ने विषयमा समेत स्थानियवासी अनविज्ञ रहेको बताउँ छन् । 

पिपलधाराको मुख्य बजार र प्रशासनिक निकाय समेत रहेको उक्त कोट त्यहाँका वासीन्दाले चैते दशै र बडा दशैमा निकै महिमाका साथ पुजा गर्ने र सराएँ खेल्ने कोट हो । यसवारे स्थानिय समाज सेवी हरिबहादुर थापा संग सम्पर्क राख्दा विविध कारणले बन्न नसकेको छोटो प्रतिकृया दिए । त्यस कोट पुजा व्यवस्थापन समितिका अध्यक्ष रिखबहादुर खड्काको ध्याकृष्ट गराउँदा उनले आवस्यक स्थानको अभावमा बनाउन नसकिएको प्रतिकृया दिए । 

त्यस मन्दिर संगै स्वास्थ्यचौकीको भवन रहेको छ जुन भवन नभत्काए सम्म रोकिएर त्यसलाई भत्काउनका लागि धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल संग आग्रह गरेको उनले बताए । उनका अनुसार गाउँ प्रमुख पाखेरेलले  प्रकृया मिलाएर भत्काई कोट बनाउन सुरु गर्न भनि सकेका छन् । धुर्कोट गाउँपालिका वडा नम्वर २ पिपलधाराका अध्यक्ष नविन जिसीले अव छिट्टै सुरु गरिने जानकारी दिए । पहिला जनस्वास्थ्य कार्यालयको अनुमति लिएर भत्काउनु पर्ने भएकोले ढिला भएको थियो । 

अहिले गाउँपालिका संग समन्व्य गरेर हुने भएकोले मैले केहि दिन अघि गाउँपालिका प्रमुख भुपाल पोखरेल संग कुरा राखेको छु वडाध्यक्ष जिसीले भने उहाँले समितिको निर्णय बनाएर ल्याउनुस कोट बनाउन सुरु गरी हालौंला भन्नु भएको छ ।  

वडाध्यक्ष जिसीको परिवारले समेत त्यस कोट निर्माणका लागि २१ हजार दिएको छ । यसरी नै त्यहाँका थुप्रै परिवारले  कोट निर्माणका लागि करिव ८ लाख रुपैयाँ घोषणा गरेका छन् । 

त्यो क्रम बढ्दै जाँदा भव्य कोट व्यवस्थी मैदान समेत बन्ने देखिएको छ । सामाजिक सञ्जाल मार्फत धेरै जना पिपलधारावासी उक्त कोट निर्माण गर्न सुरु गरे सक्दो सहयोग गर्ने घोषण समेत घरेका छन् । 

यस कार्यमा पिपलधारा चौतारी विश्व सम्पर्क मञ्चले विशेष् पहल गर्दै आएको छ । मञ्चका महासचिव राजेन्द्र खड्का लगायतका साथीहरु यति वेला घर आई पुगेको अव तत्काल काम सुरु गरिने वडाध्यक्ष जिसीले जनाएका छन् । रकम घोषणा गरी सकेका महानुभावलाई खातामा रकम जम्मा गर्न समितिले आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण