१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

२३ आश्विन २०७४, सोमबार ०३:५८

असोज २३, लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । 

लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी २६ वर्षीय इजरायली पर्यटक एवियाजर बेरिडको मृत्यु भएको हो । गम्भीर घाइते बेरिडलाई उपचारको लागि बेँसीशहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । 

चालकसहित १२ जना सवार जिप दुर्घटना भएको थियो । दुर्घटनामा अन्य दुई नेपालीसहित नौ जना विदेशी पर्यटक सामान्य घाइते भएका ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मनहरी थापा क्षेत्रीले जानकारी दिनुभयो । 

सामान्य घाइते एक नेपालीलाई लमजुङ अस्पतालमा उपचार गरिएको छ भने अन्यलाई हेलीकप्टरमार्फत काठमाडौँ लाने तयारी गरिएको छ । जिप बेँसीशहरबाट पर्यटक लिएर तालसम्मको लागि नै गएको बुझिएको छ । 

बेँसीशहर–चामे सडकखण्डबाट तालतर्फ जाने घुम्तीमा उक्त जिप दुर्घटना भएको थियो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन