2026-06-29 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आधा घण्टा तल नदीको पानि बोकेर खान बाध्य

दान बहादुर बुढा/ पुस २२, मुगु । सदरमुकाम नजिकै रहेको रुगाका का १ सय दलित परिवार र अन्य ५० क्षेत्री परिवार रहेको गाँउमा खाने पानि नहुदा आधा घण्टा तल नदीको पानि बोकेर खान बाब्य रहेका छन ।

कर्णलीको पानि लिन जादा प्रतेक बर्ष दुई तिन जनाको नदीमा चिप्लीयर मृत्यू हुने गरेको रुगा गाउँका स्थानिय बासीहरु ले बताउछन । यी दुख सम्झनेहो भने हामी पनि कुन दीन चिप्लीयर मृत्यू हुनेहो भनेर चिन्ता छुट्टै मन हुन्छ । आफनो पिडा पोख्दै भन्छन रुगाँ गाँउका छेत्ते लावड,बिभिन्न सरोकारवाला आउन्छन पानिको योजना बनाउछन पूर्णरुपमा योजाना कसहीले बनाई दिदैन कर्णालीको पानि खान परेको छ ‘‘अन्य गाउ“मा घरघरै पानीका धारा छन् यहा“ हामी लाई खाना पकाउ“ने पानी नभए भोकै बस्नु परेको छ’’ कर्णलीको पानि ब्रखाको समयमात नदीको हिलो पानि खान्छन ।

खोलाको पानि बोक्ने पिडा रुगा गाउ“का बालबालिका, महिला र बुढापाकाहरुको रहेको छ ।  पुरुषहरु अनेक कामको लागि बिहानै सदरमुकामतिर जाने र बेलुका फर्किने तर त्यहा“ महिलाहरु कति बेला खेतीपाती गर्ने कति बेला पानी ल्याउ“न जाने भन्ने दैनिक पिरलोले गर्दा ज्यान समेत सुकीसकेको हरीकन्य कार्र्मीले बताई ।

सदरमुकाम भन्दा नजिकै रहेको रुगा गाउ“का डेढ सय परिवार परम्परा देखि कर्णाली र कुवाको दुषित पानी पिउन बाध्य छन । गाउ“ले लाई पानी जटिल समस्या हुदा पनि जिल्लाका जिम्मेवारी निकाय मौन छन् ।

प्राय गाउ“बस्तीहरुमा आधुनिक पानीका धारा बनेका छन । तर रुगा गाउ“का १ सय दलित परिवार र अन्य ५० क्षेत्री परिवार लाई अहिले सम्म कणाली र कुवा पानी टुटेको छैन । अन्यत्र कुनै उपाय नभएपछि कणाली र कुवा पानी पिउनु परेको हो ।

बिहान बेलुकी गाउँ नजिकै रहेको कुवामा पानी भर्नको चापले गर्दा पानी सुकेपछि हातमा जर्किन र पिठियूमा गाग्री बोकेर आधा घण्टा तल कर्णाली नदी किनारमा जानु परेको रुगा गाउ“की अर्की महिला चमेली थापाले बताईन ।

कर्णालीको पानीले खान पिउन नुहाउ“न र लुगा धुन सबै गाउ“ले नदी किनारमा जाने गरेका छन् । गर्मी मौसमा एकमात्र गाउँमा रहेको कुवाको पानी सुकेपछि नदीको धमिलो पानी गाग्रीमा ल्याएर कपाडाले छान्दै खाना पिउने गरेका छन् ।

कर्णाली बाट पानी बोक्दै धेरै गाग्री जर्किन कपाडा बगे थापाले भनिन् बच्चा पनि बगेर जालान भनेर धेरै चिन्ता लाग्छ पानी लिन गएका बच्चा घर नपुग्दा सम्म बाटो हेरिहरन्छौ ।

जिल्ला खानेपानी कार्यालयले राजनीतिक पहु“का आधारमा बिभिन्न गाविसका उपलब्धी बिहिन योजना संचालन गर्ने र हाम्रो गाउ“मा खानेपानी योजना माग गर्दा पनि वास्ता नगर्ने रुगाका दलित बर्गको गुनासो छ ।

थोरै रकमले रुगा गाउ“मा खानेपानी संचालन गर्न नसकिने करिव डेढ करोड बजेट चाहिने जिल्ला खाने पानी कार्यालयले जनाएको । उक्त योजना संचालनको लागि बजेट प्रस्ताव गर्दा स्वीकृत नहुने गरेको पाइएको छ ।

कर्णाली र कुवाको धमिलो पानी पिउनाले बर्षेनी रुगा गाउ“का स्थानीयबासी झाडापखाला, रुगाघोकी पेट दुख्ने आउ“ मासी टाइफाइट लगायत रोग बाट पिडित हुनु परेको रुगा गाउ“का सर्बसाधारण स्थानीयको भनाई छ ।

बि स २०५० सालमा रुगा गाविसको लुम खोला बाट पाईपद्धारा ल्याइएको पानी बनमा आगलागीले पाइप चुडाईदिएको र मर्मतमा कसैले चासो नदिदा कुवा र नदीको पानी प्रयोग गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ