१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा घाँटी रेटेर युवकको हत्या, एकजना पक्राउ

२४ आश्विन २०७४, मंगलवार ०८:३७

असोज २४, सिरहा । सिरहामा एक युबकको घाँटी रेटेर हत्या गरिएको छ । 

जिल्लाको कर्जन्हा नगरपालिका १० प्रयोगपुर बस्ने काशिलाल साहको करीब ३५ बर्षिय छोरा शशिभूषण प्रसाद साहको घरमा सुतिरहेको अवस्थामा घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । 

दुई तल्ले घरको भुई तल्लामा सुतिरहेको अबस्थामा साहलाई सोमबार राति करीब १२ बजे अज्ञात समुहले घाँटी रेटि हत्या गरेको परिबारजनले जनाएको छ ।  

अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर साहको हत्या गरेका प्रहरी नायब उपरिक्षक बज्राचार्यले बताए । अपराधीको खोजी भइरहेको समेत उनले दाबी गरे ।  हत्या गरेको आशंकामा एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


साहको हत्याले गाउँ शोकमग्न भएको छ । साहको श्रीमति, २ बटा छोरा र २ छोरी रहेको छ । साहको शव पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ । साह एमालेको स्थानिय कार्यकर्ता रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन