2026-07-25 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपाली काँग्रेस मुगु चुनाबि प्रतिस्पर्धा

फागुन १, गमगढी । नेपाली काँग्रेसले आफना ७५ जिल्लामा २५ गते तोकेको जिल्ला अधिबेसन सभापति शुशिल कोईरालाको निधनले काँग्रेस मुगुले दुई दिन स्थगित गरेको भए पनि २८ गतेबाट सुरु भएको बन्दशत्र शुक्रबार सबै पदमा चुनाबि प्रतिसर्धा भएको छ ।

सात कार्यसमिति र ६ महाअधिबेसन प्रतिनिधिका लागी जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले सहमति गराउने प्रयास गरेको भएपनि कुनै पनि पदमा सहमति नभएपछि निर्बाचन समितिले सुक्रबार निर्बाचन गराएको हो ।

mugu२ सय १७ जना प्रतिनीधी रहेको काँग्रेस मुगुको सभापति पदमा संस्थापन पक्षबाट खड्क बहादुर शाही र देउवा पक्ष बाट पदम बहादुर रावलले चुनाबि प्रतिसप्रधा गर्दै छन भने सचिब पदमा संस्थापनबाट सिंह मल्ल र देउवा पक्षका मञ्जन कार्की चुनाबमा उत्रिएका छन । सभापतिका पदका लागी पुर्ब शिक्षा राज्यमन्त्रि हस्त बहादुर मल्लले सहमति गराउने प्रयास गरेका भएपनि अन्तमा कुनै पनि पदमा सहमति नभएकाले चुनाबमा जानु पर्ने काँग्रेस मुगुले जानकारी दिएको छ ।

त्यस्तै महत्वपुर्ण र केन्द्रीय निर्वाचनका लागि निर्णायक मानिने महाधिवेशन प्रतिनिधी जिल्लाबाट छ जना जानु पर्ने भए पनि २० जनाले चुनावी प्रतिस्पर्धा गरेका छन । जसमध्य संस्थापन पक्षबाट पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल, पुर्व जिविस सभापति छिरिङ्क क्याप्ने लामाको नेतृत्वमा र महिला तर्फबाट पुर्णदेवी मल्ल, सुर्यदेवी मल्ल, जनजाती तर्फ कार्मा फोञ्जोक लामा ,दलित तर्फ रत्न नेपाली, अल्प संख्यक आदिवासी तर्फ पासाङ्ग टोमा रोक्का मगर र खुला तर्फ जंगबहादुर शाही , नवराज जैसी देविलाल मल्ल र रामबहादुर बुढा प्रतिस्पर्धामा छन ।

mugu 3
त्यस्तै देउवा पक्षबाट निवर्तमान पाटी सभापति ऐनबहादुर शाही, तिलकबहादुर मल्ल, सिहंबहादुर धामी, मदनबहादुर मल्ल, पदमबहादुर रावल ,केशरबहादुर शाही, महिला तर्फ धनशिला मल्ल, राज्यलक्ष्मी शाही, दलित तर्फ धनलाल तिरुवा रहेका छन ।

निर्बमान सभापति ऐन बहादुर शाहीले आफनो उम्मेदारी फिर्ता लिएकाले दुबै पक्ष आ आफनो उम्मेदारी लाई जिताउन प्रतिनिधी लाई तानातान गरिरहेका देखिए पनि देखिएको छ । निर्वाचनका क्रममा आफ्ना उम्मेदवार जिताउन भेगिय र जातीय नारा समेत उठाएका छन । यस्तो अवस्थालाई हेर्ने हो भने नेपाली काँग्रेस मुगुमा प्रतिनीधि संख्या क्षेत्रीको बढि छ ।

mugu 1
यसमा पदमबहादुर रावल बिजयी हुने उनि निकट कार्यकर्ताले दावी गरेका छन भने अर्का सभापतिका प्रत्यासी शाही संस्थापन पक्षका प्रतिनीधी संख्या बढि रहेकाले शाहीको बिजय निश्चित रहेको उनि निकट कार्यकर्ताले दावी गरिरहेका छन । निर्वाचन अपरान्ह तिन बजेबाट सुरु भएको थियो । मतदान प्रक्रियामा पचास प्रतिशत प्रतिनीधीले वारिसे नामा दिएकाले मतदान कार्य केही ढिलो भएको र मतगणना शनिवार मात्र हुने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत दमनराज बमले जानकारी दिएका छन ।

अधिवेशनको उद्घाटन सत्र सदरमुकाम गमगढी बजारमा रहेको महाकालि उच्च मावि श्रीनगरमा भए पनि अधिवेनशनको बन्द सत्र देखि अन्य निर्वाचनका सबै क्रियाक्लाप रारा बहुमुखि क्याम्पस नाउरमा सञ्चालन भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला