2026-09-08 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयमा महिनावारि भएका किशोरिहरुका लागी आराम गर्ने कोठा निर्माण हुने

शंकर के सी/असोज २५, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाका सबै माध्यामिक विद्यालयमा महिनावारि भएका किशोरिहरुका लागी आराम गर्ने कोठा निर्माण हुने भएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रेडियो कपुरकोट सल्यानमा आज बुधबार १४ वर्षिय किशोरि मिशन डाँगीले संचालन गरेको वहस कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकामा रहेका पाँच वटै माध्यामिक विद्यालयमा महिनावारि हुने छात्राहरुलाइ आरामको आवश्यकता पर्ने भएकाले रेष्ट रुम, किशोरिमैत्री शौचालय र प्याडको व्यवस्था गरिने प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा किशोरि मिशन डागीले छोरी विरामी परेमा सामान्य खालको स्वास्थ्य संस्थामा उपचार गराउने तर छोरो विरामी भएमा ऋण कारेर भएपनि महंगो अस्पतालमा लग्ने जस्ता विभेद समाजमा रहेको बालिकालाइ पनि अधिकार दिलाउन के पहल भइरहेको छ भन्दै कार्यक्रमका अतीथीहरुलाइ प्रश्न गरेकी थिइन् ।

वहसमा छोराछोरीमाथी हुने विभेद कम हुँदै गएको बताउँदै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर र सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्माले बालिकाहरुलाइ कुनै पनि अधिकारबाट वञ्चीत गर्न नहुने बताएका थिए ।

उनीहरुले सामुदायी वनको आम्दानी र गाउँपालिकाको बजेट वालिकाको विकासका लागी लगानी गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ बालिका दिवसको अवसरमा वहस आज विहान साढे ७ बजे रेडियो कपुरकोटबाट प्रशारण भएको थियो ।

तीनसय किशोरीले आज एकदिन नयाँ रेडियोकर्मीको भूमिकामा देखिदै छन् ।  यो नयाँ र पहिलो कार्यक्रम पनि हो । यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाहरुले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चलाउनेछन् । कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ