२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका एसपी सिंहको कुटाईले हवल्दार र सिपाही ठहरै

२५ आश्विन २०७४, बुधबार ०८:३५

पोखरा, २५ असोज  | जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोकसिहद्वारा कुटाईले घाइते भएका पाँच जना प्रहरीहरुलाई न्याय दिनुको सट्टा उल्टै प्रहरी हिरासतमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । एसपी सिंहले सोमबार दिउँसो पोखरा लेखनाथ १८ पामे प्रहरी विटका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बोलाएर लाठी र मुक्का प्रहार गरेका थिए । प्रहरी विटका प्रहरी हवल्दार सुरेश महरा लगायत पाँच जना गम्भीर घाइते भएका थिए ।

तर ति प्रहरीले कुटाई भने यसै खाएका होईनन् । दिदी भाइको झगडा मिलाउने भन्दै दिदिलाई पिटेर तह लगाउन भाइको आग्रह बमोजिम प्रहरीले महिलालाई हातपात गरेको प्रहरीको स्रोतको भनाई छ । त्यसै कारण एसपीको मुक्का खान पुगेका हुन् । घटना सार्वजनिक हुने डरले घाइते भएका प्रहरी हवल्दार महरा दुई जना प्रहरी जवानलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको प्रहरी कै भनाई छ ।

एसपी सिंहको आदेशमा प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द तिवारी र लालबहादुर थापालाई प्रहरी हिरासतमा राखिएको बताइएको छ । उनीहरुलाई गए राती ११ बजेदेखि प्रहरी हिरासतमा राखिएको हो । तिवारीको दाहिने हातको बुढी औंलामा चोट लागेको छ । एक पुरी थरकी महिलाका कारण प्रहरी हवल्दार तथा जवानहरुले कुटाइ खाएको बताइएको छ । घटनाको विवरण अनुसार चौकीका ईञ्चार्ज असई तिलबहादुर भण्डारी आमा विरामी भएर असोज २० गते शुक्रबार पर्वतस्थित घर गएका थिए ।


वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरिक्षक वसन्त शर्मासँग विदा मागेर असई भण्डारी पर्वत गएपछि हवल्दार सुरेशराम महरलाई ईञ्चार्जको जिम्मेवारी दिइएको थियो । त्यही दिन बेलुका विदेशीसँग विवाह गरेकी पुरी थरकी एक महिला मादक पदार्थ सेवन गरी दाजुको घरमा तोडफोड गरेकी थिइन् ।

घटनापछि दाजुले उनलाई डोरीले बाँधेर प्रहरीलाई खबर गरे । लगत्तै गएको प्रहरीको टोलीले बाँधेकी महिलालाई फुकाई दिनुका साथै अभद्र ब्यबहार नगर्न भने । तर, दीपकले दिदीलाई एक–दुई झापड हानेर भएपनि सम्झाई दिन हवल्दार महरालाई आग्रह गरे । हवल्दार महराले महिलालाई कार्यालयमा ल्याएर एक दुई झापड हाने ।

भोलिपल्ट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिलाले प्रहरीमा निवेदन दिइन् । लगतै एसपी सिंहले पामे प्रहरी चौकीमा कार्यरत सबै प्रहरीलाई जिप्रका बोलाएर कुटपिट गरेका हुन् ।

घटनालगत्तै विदामा गएका असई जिलबहादुर भण्डारीलाई समेत पर्वतबाट झिकाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको छ । हाल असई भण्डारी, प्रहरी हवल्दार महर र प्रहरी जवानद्वय त्रिपाठी र थापा जिप्रकामै छन् । पामेमा भने जिप्रकाबाट असईको नेतृत्वमा नयाँ टिम पठाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की