२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

२०७४, २६ आश्विन बिहीबार ०१:१६

प्रेम सुनार/असोज २६, गुल्मी । गुल्मी लगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ । 

जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ । जुन खबरले नागरिकहरुमा खुसी छाएको छ । अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसको शल्यक्रिया नगरिएको अस्पताल प्रसासनले जनाएको छ । जसका कारण सवै स्तरका परिवारहरु पाल्पा बुटवल लगायतका स्थानहरुमा बढि खर्च तिरेर उपचारको लागि पुग्ने गरेका थिए ।

अहिले जिल्ला अस्पताल तम्घासमा सरुवा भएर आउनुभएका एमडिजिपी डाक्टर उत्तम पच्याले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गर्नुभएको हो । ‘मेरो लागि नौलो कुरा भएन जिल्ला अस्पतालमा पहिलो अप्रेशन रहेछ,’पच्याले भन्नुभयो,‘अब धेरै खर्च गरेर एपेन्डिसाइटिसकै लागि बाहिर नजान सवैलाई आग्रह गर्दछु ।’

पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन् । अहिलेसम्म जिल्ला अस्पतालमा यो रोगको उपचार नभएपनि डाक्टरको हिम्मतको कदर गर्नकै लागि आफुले शल्यक्रिया गर्न सहमती जनाएको सम्झनामा श्रीमान बासु मरासिनीले बताउनुभयो ।

‘जोखिम मोलेकै हुँ, तर सफल भयो खुसी छु,’मरासिनीले भने,‘आफुपनि डाक्टरको क्षमताबाट प्रभावित भए ।’ जिल्ला अस्पताल यो रोगको उपचारका लागि योग्य भएकाले गर्ने नगर्ने भन्ने कुरा डाक्टरको हातमा भएको शल्यक्रियामा सहभागी डाक्टर पच्याले बताउनुभयो ।


‘पहिले पनि डाक्टर र अवस्था उस्तै थियो तर शल्यक्रिया भएको रैनछ,’पच्याले भन्नुभयो,‘यो सवै कुरा व्यक्ति र उसको कार्यकुशलतामा भरपर्छ ।’ पच्याकै अनुसार बाहिर प्राइभेट अस्पतालमा गएर एपेन्डिसाइटिसको उपचार गर्दा ४० देखि ५५ हजार खर्च हुने गर्दछ ।

तर जिल्ला अस्पतालमा करिव ८ हजारमा सो रोगको उपचार हुने उहाँले बताउनुभयो । डाक्टर पच्या गुल्मी पराल्मीको हुनुहुन्छ ।

एक वर्षमा नगरेको काम पाच्यले डेढ महिनामै गरे

गत एक वषभरीमा जिल्ला अस्पताल गुल्मीले जम्मा प्रसुति सम्वन्धी १३ वटा मात्रै जटिल शल्यक्रिया गरेको थिए । त्यस अघिका वर्षहरुमा अधिकांस पाल्पा रिफर गरिन्थ्यो ।  तर

उ जिल्ला अस्पताल ताप्लेजुङ्कबाट सरुवा भएर भदौ १ गते जिल्ला अस्पताल  गुल्मी  आउनुभएका डाक्टर पाच्यले डेढ महिना मै  अस्पतालले वर्षभरी गर्न नसेको शल्यक्रिा डेढ महिना मै १९ वटा गर्नु भएको  छ ।

अव जिल्ला अस्पतालबाटै हाड सम्वन्धी सल्याक्रिया सेवा समेत आफुले दिन सक्ने डाक्टर पाच्यले बताउनु भयो । उहाँ निक साईमन्स काठमाण्डौले खटाएर पठाएका डाक्टर हुनुहुन्छ ।

अव उहाँ त्यस अस्पतालमा रहे सम्म  प्रसुतिको जटिल शल्यक्रियाका लागि सर्वसाधरण कुनै ठुला अस्पताल धाउन र बढि खर्चमा पर्न पर्ने छैन् । उहाँ आउनु अघि सम्म सल्यक्रिया गराउनु पर्ने गर्वती महिला पाल्पा बुटवल जानु पर्दथ्यो । त्यस क्रममा कतिपयको ज्यान समेत जाने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा