पढ्न करिब 1 मिनेट लाग्छ

खकेन्द्र केसी । असोज २६, सल्यान । सल्यानमा खेत जोत्दै गर्दा करेन्ट लागेर एक महिला सहित एक गोरुको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालीका ६ खातीगाउँ निवासी अन्दाजी ५० बर्षिया मेगली वलीको आज बिहान मृत्यु भएको हो । आफ्नै खेत जोतिहरका उनका श्रीमान ज्ञानवहादुर वलिलाई खेत नजिकैको बिजुलीको पोलको तार सट हुँदा करेन्ट लागेपछि बचाउन जाँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

बिहान उज्यालो भएसँगै एक हल गोरु सहित खेत जोत्न गएका दुई जोडिले खेत जोत्दै गर्दा साढे ९ बजेतिर खेतमा रहेको विजुलीको पोल अड्याउनलाई तानिएको तार सट भएर करेन्ट जमिनमा आउदा सुरुमा करेन्ट एउटा गोरुलाई लागेको त्यसपछि श्रीमान ज्ञानबहादुरलाई लागेको अनि उनलाई बचाउन गएकी श्रीमती मेगलीलाई लागेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक भरत विकले बताएका छन् ।