२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

श्रीमान पिडित पार्वतिलाई बुटानि नागरिकको सहयोग

७ चैत्र २०७२, आईतवार १२:२०

चैत ७, मुगु । आफ्नै श्रीमान द्वारा फागुन १४ गते घर बाट निकाला गरीएकि मुगु जिल्ला रोवा गाबिस वडानम्बर ३ स्थाई घर भएकी पार्वति बढुवाललाई बुटानि नागरिकले सहयोग गरेका छन् । श्रीमानले फागुन १४ गते घर बाट निकाला गरीएको समाचार साझासबाल अनलाइनमा पढेपछि क्यानडामा १४/१५ बर्षअघि देखि बस्दै आएका नावाङ्ग थाचिङ्गले आफ्नै मासिक कमाइबाट केही खर्च बचाई पार्वतिलाई नेपाली रु १० हजार रुपैया सहयोग गरेका छन । सहयोग गर्ने थाचिङ्ग तिब्बतियन नागरीक हुन ।

mugu photo

थाचिङ्ग केहि बर्षअघी काठमाडौको पुल्चोक एकान्तकुना बस्ने गरेका थिए । पार्वतिले नेपाली रु १० हजार रुपैया सहयोग पाए पछी मलाई सहयोग गर्ने नचिनेको दाईलाई धन्यवाद दिएकी छन् । उनले दुखको हासो देखाउदै भनिन- १० हजार हैन मलाई १० लाख सहयोग भएको छ । पार्वतिले र क्यानडा बस्ने नावाङ्ग थाचिङ्ग फोनबाट कुराकानि समेत साझा सबाल जिल्ला जिल्ला सम्पादक दान बहादुर बुढाले गराई दिएका छन । क्यानाडा बस्ने नावाङ्ग थाचिङ्गले पठाएको रकम जिल्ला पत्रकार महासंघ मुगुका अध्क्षय सुमन मल्ल द्घारा महिला अधिकृत हसनिा पराजुलीको रोहोबरमा १० हजार हस्तान्तरण गरीएको छ ।

थाचिङ्गले फोनबाट मुगु जस्तो दुर्गम जिल्लाकी महीला लगाएत ६ बच्चाको बीचल्लीको समाचारले बाहीर ल्याउने पत्रकार दान बहादुर बुढालाई धन्यबाद दिदै पार्वति जस्तो घर परिवारमा कसैको बिचल्ली नहोस र मेरो सानो सहयोगले पार्वतिलाई केही राहत होस भनेर सानो सहयोग गरेको प्रतिक्रिया दिए । पार्वति बढुवाल लगाएत ६ सन्तानलाई उनका श्रीमानले अहीले सम्म घरमा बस्न दिएका छैनन् । पार्वतिले आफु र ६ सन्तानलाई पालन पोषनको लागी गाउँ घरमा माग्दै ज्याला मजदुरी गरी कमाएर गास र बासको ब्यबस्था गर्दै आएकी छन । बिवाह भएको १६ बर्ष सम्म श्रीमानले पार्वतीलाई नागरीकता समेत बनाइदिएका छैनन् ।

श्रीमानले घरको पुर्खेउली जमीन जग्गा जाड-रक्सी, जुवा-तासमा उडाएर सकेकाले साहुको ऋण तिर्न नसक्दा भएभरको सम्पति साहुको नाममा भईसकेको पार्वति बढुवालले बताईन । उनको १६ बर्ष पहिले रोवा गाबिस ३ गाडापाना राम बहादर बडुवाल संग बिवाह भएको थियो । फाल्गुन १३ गते श्रीमानबाट घर निकाला भएकी पार्वति १४ गते जिल्ला महिला तथा बालबालीका कार्यालयमा उजुरी दिएकी थिइन् ।

महीला तथा बालबालीका कार्यालयकी अधिकृत हसिना प्रसाद पराजुलीले राहातको ब्याबस्था मिलाइदिने आसवासन दिए पनि अहिलेसम्म कुनै सहयोग नपाएको उनको गुनासो छ । मुगु जिल्लामा महिला माथि हुने हिंसासबन्धि काम गर्ने संघसस्था भएपनि पार्वतिको बारे कसैले आवाज निकालेको छैन ।

पिडीतको श्रीमान रामबहादुर बडुवाललाई तिन पटक खोजिमा गएपनि भेट्न नसकेको र खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सुचना अधिकारी लोक बहादुर जि.सीले जानकारी दिए । खोजिकार्य जारि रहेकाले समस्याको समाधान चाडै हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर